back
NMB ad

सुपर दोर्दी ‘ख’ को प्रसारणलाइनको वातावरणीय परीक्षण गरिने

Kumari bank ad

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले विद्युत प्रसारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको छ । असारमा गएको बाढीका कारण प्रसारणलाइनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि परिमार्जित वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।

आगामी असारसम्म निर्माण कार्य सक्ने लक्ष्य लिएको आयोजनाले विद्युत गृहदेखि नेपाल विद्युत प्राधिकरणको कीर्तिपुरस्थित सबस्टेसनसम्म १३२ केभी डबल सर्किट विद्युत प्रसारणलाइन निर्माण सुरु गरेको हो । आयोजनाले करिब २० करोड रुपैयाँ लगानीमा पाँच दशमलव ६ किलोमिटर प्रसारणलाइन निर्माण सुरु गरेको जनाएको छ । प्रसारण लाइनका लागि आवश्यक जग्गा व्यवस्थापनको काम सम्पन्न भइसकेको प्रवद्र्धक सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष इजन बरालले बताए ।

प्रसारणलाइन निर्माणका लागि वातावरणीय प्रभाव परीक्षण गरी २०७५ असोजमा स्वीकृतिसमेत पाई निर्माणकार्य अघि बढाएको थियो । निर्माणका क्रममा आठवटा टावर निर्माण सम्पन्न भए पनि गत असारमा गएको बाढीले चारवटा टावरमा पूर्ण क्षति पुगेको थियो । निर्माण सम्पन्न टावरमा क्षति पुगेपछि पुनः वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।

०७७ असार मसान्त भित्रै व्यावसायिक विद्युत उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनाले गत वर्षमा दोर्दी खोलामा आएको बाढी र कोभिड-१९ को प्रभावका कारण निर्माणमा ढिलाइ भएको हो । हाल निर्माण चरणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र अब अन्तिम चरणका काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाले राष्ट्रिय प्रसारणलाइन निर्माण गरेको दोर्दी गाउँपालिका ६ र ७ अन्तर्गत क्षेत्रमा क्षति पुगेपछि पुनर्निर्माणका लागि पुनः वातावरणीय परीक्षण गर्नुपरेको जनाएको छ ।

यसअघि वातावरणीय प्रभाव परीक्षण गरी प्रसारणलाइन निर्माणसमेत सुरु भइसकेको अवस्थामा गत असारमा आएको बाढीका कारण जमिनसहित चारवटा विद्युत टावरमा क्षति पुगेपछि नयाँ जग्गा र त्यसको बारेमा पुनः वातावरणीय प्रभाव परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।

आयोजनाले पुनः वातावरणीय परीक्षणका लागि प्रतिवेदन तयार गर्ने क्रममा त्यस क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक साँस्कृतिक र आर्थिक प्रणालीलगायतमा पर्ने प्रभावका विषयमा लिखित सुझाव माग गरेको छ । प्रभावित क्षेत्रअन्तर्गत विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला सँस्था तथा व्यक्तिसँग लिखित राय सुझाव माग गरेको आयोजना प्रवद्र्धक सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष बरालले बताए ।

वि.सं.२०७८ पुस ११ आइतवार ११:३२ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...