back
NMB ad

सप्तकोसी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित

Kumari bank ad

विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटनामा थप दुई जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताको घटनामा संलग्न रहेको आशंका गर्दै बैंकले थप दुई कर्मचारीलाई निलम्बन गरेको बैंकका एक कर्मचारीले बताए ।

बैंकले निलम्बनमा परेका कर्मचारीको नाम भने गोप्य राखेको छ । अनियमितताको घटनामा एक कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् । बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैंककै एक कर्मचारीले आर्थिक हिनामिना भइरहेको गोप्य उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ, सीआईबी र नेपाल राष्ट्र बैंकको टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । भट्टराईलाई मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिट्यान्सतर्फ जीएसडी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख भट्टराई बैंकका सीईओ नवीन सुवेदीका फुपुका छोरा समेत हुनु । सीयओ सुवेदीलाई भने बैकले कुनै कारबाही गरेको छैन ।

सप्तकोसी डेभलपमेन्ट बैंकमा हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको भनी एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । बेनामी उजुरी दर्ता भएपछि नेपाल राष्ट्र बैंकले छानबिन थालेको थियो ।

नक्कली खाता बनाएर हिनामिना गरेको खुलेको बैंकका अध्यक्ष अर्जुन बरालले बताए । अन्य केही कर्मचारीहरूको पनि संलग्नता हुन सक्ने उनको अनुमान रहेको छ ।

बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो । मंसिर १ गतेदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सप्तकोसी बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकका १ नम्बर प्रदेशमा ३६ वटा शाखा छन् । न्यूज कारखाना

वि.सं.२०७८ पुस १३ मंगलवार २१:०७ मा प्रकाशित

You can share this post!

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:४०

भक्तपुर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग...

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:३३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ १८ शुक्रवार २१:२७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:१६

नयाँदिल्ली, १८ जेठ   : भारतीय अदालतले चरम मौसमी समस्या...

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:०५

बनियानी (झापा), १८ जेठ : झापामा सुपारी प्रशोधनका लागि रु...

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १६:५९

काठमाडौँ, १८ जेठ : कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा...