back
NMB ad

दुई बैंकसहित ४ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार देखिएको छ । उक्त दिन बजार ५.५१ अंकले वृद्धि भएको हो ।

आज बजार परिसुचक १५२४.५० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार कारोबार रकम पनि केही वृद्धि भएको छ ।

मंगलबार ३ अर्र्ब १२ करोड बढीको कारोबार भएकोमा आज भने ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज ५६ लाख ३८ हजार २७९ कित्ता सेयर खरिदबिक्री भएको हो ।

बुधवार हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन कम्पनीको ५२ करोड ५५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज कम्पनीको ७६ हजार १७९ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने आज प्रतिकित्ता ६ हजार ८७० रुपैयाँ कायम भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको आज ४७ करोड ७१ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

आज बैंकको ३ लाख २६ हजार १३९ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य भने आज १ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन मञ्जुश्री फाइनान्सको २२ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको २ लाख ३६ हजार ४३९ कित्ता सेयर कारोबार भएको हो । कम्पनीको सेयर मूल्य आज ९३९ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि उक्त दिन नेपाल बंगलदेश बैंकको २० करोड ६३ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ५ लाख २५ हजार ९४४ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य ४०२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १५:४१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...