back
NMB ad

नविलले एनबी बैंकलाई प्रति सेयर ४० रुपैयाँमा एक्वायर गर्ने

Kumari bank ad

काठमाडौ । नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई एक्वायर (प्राप्ति) गर्ने भएको छ । गत बुधबार बसेको नविल बैंकको सन्चालक समितिको बैठकले एनबी बैंकलाई एक्वायर गर्ने निर्णय गरेको हो । त्यस्तै विहिबार बसेको एनबी बैंकको सन्चालक समितिले पनि नविल बैंकसँग एक्वायर हुने निर्णय गरेको एनवी बैंकका एक सन्चालकले बताए ।

नविल बैंकको तर्फबाट युनाइटेड फाइनान्सलाई एक्वायर गर्दाखेरी बनाएको एक्वायर कमिटिले नै एनबीसँग कुराकानी अगाडी बढाइरहेको छ । नविल बैंकको एक्वायर कमिटिमा संयोजक उदयकृष्ण उपाध्याय सहितको टोली छ ।

नविलको तर्फबाट टुंग्याउनुपर्ने सम्पुर्ण कुराहरु उपाध्यायको कमिटिले नै टुंग्याउने छ । बैंकका एक उच्च स्रोतका अनुसार एनबी बैंकमा रहेको आइएफ्आइसी बैंकको सेयर नविल बैंकका सन्चालक विनोद चौधरीले किन्ने सम्झौता बंगलादेशमा नै भएको हो ।

सम्झौता अनुसार आइएफ्सीको एनबीमा रहेको ४१.९१ प्रतिशत सेयर विनोद चौधरीकी श्रीमति सारिका चौधरीको नाममा प्रतिसेयर १५२ रुपैयाँमा खरिद गरिने छ । सो सम्झौतासँगै चौधरी समुहले चार महिनामा सेयर वापतको सवा ६ अर्ब रुपैयाँ बराबरको रकमको जोहो गरी आइएफसीलाई भुक्तानी गर्नेछ । एनबी बैंकको तर्फबाट एक्वायरको लागि चौधरी समुहले नै डिल गरिरहेका छन् ।

यस्तै नविल बैंकको मर्जर कमिटिले प्रति सेयर ४० रुपैयाँमा एनबीलाई एक्वायर गर्ने छलफल भएको र सोही कुरामा एनबीका सन्चालकहरु समेत सहमत रहेका छन् ।

त्यस्तै एनबीलाई एक्वायर गर्ने भएपनि नविलले सन्चालक समितिमा र उच्च व्यवस्थापनमा एनबीको तर्फबाट कसैलाई पनि नराख्ने भएको छ । एक्वायर पछि एनबी बैंकमा विनोद चौधरीकी श्रीमति सारिकाको सेयर स्वामित्व ८.७५ प्रतिशत पुग्नेछ ।

नविल बैंकमा सारिकाको नाममा ०.७५ प्रतिशत सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार कुनैपनि व्यक्तिको नाममा १५ प्रतिशत भन्दा सेयर स्वामित्व हुनु हुदैन । सो नीमयको बर्खिलाप पनि नहुने र नविल बैंकमा चौधरी समुहको पनि राज चल्ने भएपछि एनबी बैंकको आइएफ्सीको सेयर किनेर नविलले एक्वायर गर्न विनोद चौधरी राजी भएका हुन् ।

नविल बैंकले आफ्नो तर्फबाट कर्मचारी, सेयर स्वाप अनुपातका विषयमा एनबी बैंकसँग बसेर बारम्बार छलफलहरु गरीरहेको छ । यसैहप्ता नविलले एक्वायर गर्ने सम्बन्धी सहमतिपत्रका हस्ताक्षर हुने सम्भावना समेत रहेको बैंक स्रोतले जानकारी दिएको छ ।

नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल भने बाहिर आएका सवै कुरा सत्य नभएको बताउँछन् । उनले भने, ‘बाहिर आएका कतिपय कुराहरु सत्य छैनन् तर हामीले पोर्टफोलियो र व्यावसायलाई विस्तारका लागि पनि मर्जर वा एक्वीजिसन आवश्यकता भएको महसुस गरेका छौ र सोही अनुसार कुरा अगाडी बढाइएको छ एमओयु नहुन्जेल केही भन्न सकिदैन ।’ उनले भने, ‘हामी कुनैपनि बैंकसँग मर्ज हुदैनौ, एक्वायर गछौ ।’

अहिले नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपियाँ छ भने २० अर्ब ३९ करोड रुपियाँ सञ्चिति रहेको छ । बैंकले ३३.६० प्रतिशत बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश गरी ३८ प्रतिशत लाभांश पारित गर्दैछ ।

नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी ९ अर्ब रुपियाँ र ६ अर्ब ७५ करोड रुपियाँको सञ्चिति रहेको छ । बैंकले गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र साढे ३ प्रतिशत नगद लाभांश गरेर कुल १५.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १८:०७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...