back
NMB ad

बिर्सनु होला है ! ४ कम्पनीको आकर्षक लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात मंगलबार दुई फाइनान्ससहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

भोलि पोखार फाइनान्स, मल्टीपर्प फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था र जन उत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी चारै वटा कम्पनीहरुले साधारया सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधावार अर्थात पुस २१ गते बुक क्लोग गर्ने भएका छन् । योसंगै कम्पनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्नका लागि मंगलबारसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।

पोखरा फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस २१ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । योसँगै मंगलवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ८.०७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ ।

यस्तै, मल्टीपर्पस फाइनान्सले पनि पुस २१ गते बुक क्लोज गर्न लागेको हो । योसंगै भोलि अर्थात मंगलवासम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्ता लाभांश कम्पनीको पुस ३० गते हुने साधारण सभाले पारित गर्नेछ ।

त्यसैगरि, कालिका लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । योसंगै मंगलवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते सभा बोलाएको छ ।

यता, जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । योसँगै पुस २० गते मंगलवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते साधारण सभा डोकेको छ ।

वि.सं.२०७८ पुस १९ सोमवार १७:०७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...