back
NMB ad

भारतमा तीव्र फैलियो कोभिड, एकै दिन ९० हजार संक्रमित

Kumari bank ad

एजेन्सी । भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएको छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा अहिलेसम्म २६३० जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । भारतका २६ राज्यहरुमा ओमिक्रोन फैलिएको छ । ओमिक्रोनका कारण राजस्थानमा एक ७३ वर्षीय बृद्धको मृत्यु भएको छ । उनले पूर्ण खोप लगाएका थिए ।

विज्ञहरुका अनुसार भारतमा दैनिक संक्रमण दर ६ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, निको हुने दर पनि बढ्दो छ । पछिल्लो २४ घन्टामा १९ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।

मुम्बईमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । मुम्बईमा बुधबार १५ हजारमा संक्रमण देखिएको हो ।

वि.सं.२०७८ पुस २२ बिहीवार १२:५७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...