back
NMB ad

किर्ते कागज बनाएर अमेरिका जान लागेका गाउँपालिका अध्यक्ष शेर्पामाथि कारबाही गर्न माग

Kumari bank ad

संखुवासभा । किर्ते कागज बनाएर अमेरिका जान लागेका चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पामाथि कारबाही गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले माग गरेका छन् ।

२४ मंसिरमा बसेको गाउँ कार्यपालिकाको बैठकले ४-५ माघमा अमेरिकामा हुने छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्षले अमेरिका भ्रमणका लागि संवैधानिक आयोगका सदस्य र छोरासहित नौ जनाको खर्च व्यहोर्ने गरी २४ मंसिरमा गाउँपालिकाबाट निर्णयको किर्ते कागज बनाएका थिए ।

किर्ते कागज बनाएर अमेरिका जान लागेको भन्दै दुबै दलले विज्ञप्तिमार्फत कारबाही माग गरेका हुन् । मंसिर २४ गते कार्यपालिकाको १०१औँ बैठकले गरेको ११ औं नम्बरको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको नेकपा (माओवादी केन्द्र) चिचिला गाउँ कमिटीका अध्यक्ष डम्बर जंगगुरुङले बताए ।

एमाले जिल्ला कमिटी संखुवासभाले विज्ञप्ति जारी गर्दे विदेश भ्रमणको कार्यक्रम, सहभागी विनियोजित रकमका बारेका भएको नीतिगत निर्णय र आर्थिक अपचलनको विषयमा कारबाहीको माग गरेको छ । कागज किर्ते गर्न गाउँपालिका अध्यक्ष शेर्पामाथि कडा कारबाही हुनुपर्ने एमाले अध्यक्ष जितबहादुर घिमिरेले बताए ।

गाउँपालिकाले ९ जनाको टोली अमेरिका पठाउने ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पनि पास गरेको थियो । अमेरिकामा हुने कार्यक्रममा सहभागि गराउन गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल पठाउने निर्णय गरको थियो ।

दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता (टीएडीए) बापत प्रतिव्यक्ति २२ सय ५० डलर (प्रतिदिन २ सय २५ डलर) पाउने उल्लेख छ ।

अञ्जु ढुंगाना थिलेन शेर्पा र नरेश रिजालले १२ सय ५०, मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले नौ सय डलर (९० डलर प्रतिदिन) का दरले टीएडीए पाउने गरी गाउँपालिकाले निर्णय गरेको थियो । गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्षसहित संवैधानिक आयोगका अमेरिका निर्णयको अहिले चौतर्फी विरोध भएको छ ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १०:५४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...