back
NMB ad

भोलि तीन कम्पनीको साधारण सभा हुँदै: आकर्षक लाभांश पारित गर्ने, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात शनिबार तीन लघुवित्त वित्तीय कम्पनीले वार्षिक साधारण सभा गर्ने भएका छन् ।

उक्त दिन महुली लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेको हुन् ।

यी तीनै वटा कम्पनीहरुको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा बनाएका छन् । भोलि कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट प्रस्तावित लाभांश पारित गर्ने भएका हुन् ।

महुली लघुवित्त : महुली लघुवित्त वित्तीय संस्थाले शनिबार साधारण सभा गर्दै छ ।

सभाले २६ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

विजय लघुवित्त : विजय लघुवित्त वित्तीय संस्थाले पनि भोलि अर्थात पुस २४ गते नवौं वार्षिक साधारण सभा गर्दैछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीको सभाले २०.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

समीट लघुवित्त : समीट लघुवित्त वित्तीय संस्थाले १३औं वार्षिक साधारण सभा शनिबार हुँदैछ ।सभाले सेयरधनीहरुलाई २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण सेयर पूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणको तर्फबाट ७ लाख ५१ हजार ७१२ कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनको लागि पुस १५ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ पुस १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १५:०३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...