back
NMB ad

गृहमन्त्रीको निर्देशनमा मध्यरातमा मतदाता नामावली संकलन

Kumari bank ad

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले)ले तालाबन्दी गरेको छ ।

बुटवलको नयाँ बसपार्क परिसरमा रहेको इलाका प्रशासनमा शुक्रबार राति साढे १० बजेतिर फोटोसहितको मतदाता नामावली संकलन भइरहेको सूचना पाएपछि एमाले कार्यकर्ताले राति ११ बजेतिर ताला लगाएका हुन् ।

एमाले निकट एक कर्मचारीले दिएको सूचनाका आधारमा एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थीको नेतृत्वमा गएको टोलीले ताला लगाएको हो । त्यसक्रममा केही बेर तनाव उत्पन्न भएको थियो ।

बाहिरी गेटमा ताला लगाइएका कारण रातिमा फोटो सहितको मतदाता नामावली दर्ताका लागि पुगेकाहरु भित्रै थुनिएका थिए । सुरक्षाकर्मीको उपस्थितिमा नामावली संकलन भएको र उक्त काममा गृहमन्त्रीको निर्देशन अनुसार भएको कार्यालयका एक कर्मचारीले बताए ।

केही दिनअघि गृहमन्त्रीले फोन गरेर राति भए पनि नामावली संकलन गर्न र कांग्रेस समर्थक मतदाता र कार्याकर्तालाई नामावलीमा नछुटाउन निर्देशन दिनुभएको थियो, सोही अनुसार हामीले नामावली संकलन गरेका हौं, ती कर्मचारीले भने ।

मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल-१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्तासमेत इलाका प्रशासनमा पुगेका थिए । एमालेले कागजात नपुगे पनि मतदाता नामावली भर्ने काम भएको आरोप लगाएको छ ।

करिब एक घण्टा तनावपूर्ण स्थिति देखिएपछि मध्यरातसम्म नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटपलगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठा बन्द गरिएको छ ।

हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने इलाका प्रशासन कार्यालयको मतदाता संकलन केन्द्र शुक्रबार भने सुरक्षा घेराकै बीच रातिसम्म खुलेको थियो । एमाले युवा नेता यमराज पाण्डेले प्रहरी निगरानीमै नियमविपरीत मध्यरातमा नामावली भराउने काम भएको र यो सत्ताको चरम दुरुपयोग भएको बताए । तालाबन्दीपछि मतदाता नामावलीमा नाम दर्ताका लागि आएका करिब १५० भन्दा बढीलाई घर फर्काइएको थियो ।

नियन्त्रणमा लिइएका कागजात लगायतका सामग्री कार्यालयमा कार्यरत कर्मचारी विपना अर्याल र सुरक्षाकर्मीहरुको रोहबरमा आइतबार आवश्यक छलफलपछि मात्रै खोल्ने सहमति भएको छ ।

वि.सं.२०७८ पुस २४ शनिवार ०७:१७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...