back
NMB ad

मुलुककै जेठो नेपाल बैंकले सुरु गर्योे मोवाइल बैंकिङ सेवा

Kumari bank ad

काठमाडौं। मुलुककै जेठो नेपाल बैंक लिमिटेडले मोवाइल बैकिङ सेवा दिने भएको छ। ग्राहकलाई मोवाइल बैंकिङ सेवा दिनका लागि नेपाल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल बिच हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र एफवान सफ्ट इन्टरनेशनलका तर्फवाट मार्केटिङ् डाइरेक्टर बिपुल ढकालले हस्ताक्षर गरे।

नेपाल बैंकले पहिलो पटक प्रयोग गरेको मोवाइल बैंक सेवा बाट ग्राहकहरुले मोवाइल बैंकिङको सम्पुर्ण सुविधा पाउनेछन्। ग्राहकले ब्यालेन्स इन्क्वाइरी, कारोवार भएको जानकारी, फण्ड ट्रान्सफर भएको लगायत जानकारी पाउनेछन्।

त्यसको अलवा ग्राहकले रिचार्जकार्ड किन्न सक्नेछन। त्यस्तै नेपाल टेलिकम, एनसेल, ब्रोडलिङ्क, डिसहोमको पैसा समेत तिर्न सक्नेछन्। इ–सेवा, फोनपे नेटवर्कको सदस्य भएका नेपाल बैंकका ग्राहकले यो नेटवर्कमा भएका अरु ४० वटा बैंकहरु संग अन्तरबैंकिङ कारोवार गर्न सकिने र आफ्नो इ–सेवाको खातामा समेत पैसा जम्मा गर्न सकिने जनाइएको छ।

विक्रम संम्वत १९९४ सालमा स्थापना भएको नेपाल बैंकले देशभरी १२६ वटा शाखा सञ्चालन गरी बैंकिङ सेवा दिइरहेको छ । भने सयभन्दा धेरै वित्तिय संस्थालाई मोवाइल इन्टरनेट बैंकिङ सेवा दिइरहेको एफवान सफ्ट नेपालको ठूलो मध्येको एक फिनटेक कम्पनी हो। सन् २००४ मा स्थापना भएको यो कम्पनीले प्रविधि र व्यवस्थापनका क्षेत्रमा दुइसय भन्दा धेरैलाई रोजगारी दिएको छ।

प्रकाशित मिति ः २०७३ असार २१

वि.सं.२०७३ असार २१ मंगलवार १९:११ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...