back
NMB ad

तीन कम्पनीको साधारण सभा आज हुँदै, लाभांश पारित गर्ने मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । आज सोमबार तीन कम्पनीहरुले साधारण सभा डाकेका छन् । उक्त दिन दुई जलविद्युत र एक लघुवित्त कम्पनीको साधारण सभा हुँदैछ ।

सोमबार बुटवल पावर कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । सभामा कम्पनीहरुले लाभांश वितरण लगायतका एजेण्डाहरुमा छलफल गरि पारित गर्नेछन् ।

सोमबार बुटवल पावरको २९औं वार्षिक साधारण सभा हुने भएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८वको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनको लागि बुक क्लोज पुस ११ गते देखि २६ गतेसम्म बन्द गरेको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

यस्तै, रसुवागढी हाइड्रोपावरले पनि आज सभा गर्दै छ । कम्पनीको सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

यसका साथै आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी एनएमबि लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा आज हुँदैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीको सभाले २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गते देखि २६ गतेसम्म बुक क्लोज भएको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

वि.सं.२०७८ पुस २६ सोमवार ०९:०९ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...