back
NMB ad

मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ आफैं चितवन महोत्सवमा पुगे

Kumari bank ad

चितवन । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका छन् ।

२६ पुसको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय गरेको थियो । चितवन महोत्सव सञ्चालन भइसकेकाले दुई दिन व्यवस्थापनको काम गर्न दिएर अरु सबै महोत्सव रोकिएको थियो ।

बैठकको निर्णयअनुसार सीडीओ अस्मान तामाङले रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा लाग्ने माघे संक्रान्तिको मेला नगर्न विज्ञप्तिमार्फत आदेश दिएका थिए । महोत्सव बन्द गर्न आदेश दिएका उनै सिडिओ तामाङ भने चितवन महोत्सव हेर्न पुगेका छन् । चितवन महोत्सव ४ माघसम्म सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

सीडीयो तामाङ भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित महोत्सवमा पुगेका हुन् ।

कोरोनाको तेस्रो लहरको सुरू भएपछि सरकारले जोखिम नियन्त्रण गर्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोक समेत लगाएको छ । १५ माघसम्म जिल्लाका विद्यालयहरू समेत बन्द गर्ने निर्णय कार्यान्वयन भइसकेको छ ।

मेला महोत्सव बन्द गर्न आदेश दिएर आफै महोत्सव घुम्न पुगेपछि सीडीओ तामाङको आलोचना भएको छ । विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएको स्थानीयको आरोप छ । यति मात्रै नभएर सीडीओ, एसपी र जनप्रतिनिधि नै संक्रमण फैलाउन सक्रिय देखिएको उनीहरूको आरोप छ ।

बुधबार मात्रै पनि चितवनमा ८१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । मंगलबार ४७ जना संक्रमित थपिएका थिए । बुधबार जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ४० पुगेको छ । १० दिनअघि जिल्लामा ७६ जना सक्रिय संक्रमित थिए ।

वि.सं.२०७८ पुस २८ बुधवार १५:५८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...