back
NMB ad

नबिल र नेपाल बंगलादेशबीच बिग मर्जरः सबै प्रकृया पाँच महिनामा टुँगिने

Kumari bank ad

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकबीच बिग मर्जरको सम्झौता सम्पन्न भएको छ । दुवै बैंकहमरुबीच आज ललितपुरस्थित होटल भिभान्ता काठमाडौंमा उक्त सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका छन् भने एबिएको इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकले संयुक्त मर्जर र एक्विजिसन सम्बन्धी समिति गठन गरी सोही समितिको सिफरिसमा आजै बसेको दुवै बैंकको सञ्चालक समितिको बैठकले उक्त सम्झौता सर्वसम्मतिले पारित गरेपछि आजै सम्झौता भएको नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रशाद पौडेलले बताए ।

यद्यपी नबिल बैंकको उक्त कमिटीमा बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य थिए ।

त्यस्तै यता, नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापाको , सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर र एक्विजिसन कमिटि तय भएको थियो ।

सम्झौता अनुसार नबिलले एनबीलाई १००ः४३ को स्वाप रेसियोमा एक्वायर गर्न लागेको छ । अर्थात एनबीको सय कित्ता बराबर नबिलको ४३ कित्ता हुनेछ ।

बैंकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्नेछन् । साथै नबिल प्राप्ति पछि नबिल बैंकहरुमध्येकै सबैभन्दा अब्बल बैंक बन्ने छ । यद्यपी नबिल मर्जरमा नजाँदै पनि अधिंकाशं सुचकमा अब्बल बैंक हो ।

अब एनबीलाई प्राप्ति पश्चात बैंकको प्राथमिक पुँजी ४३ अरब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ हुनेछ ।

त्यस्तै गैरकोषमा आधारित व्यवसायको आकार १३० अरब माथि र शाखा संजाल तत्कालै २३५ पुग्नेछन । यता ग्राहक संख्या १६ लाख माथी हुनेछन् ।

वि.सं.२०७८ पुस २९ बिहीवार २२:२५ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...