back
NMB ad

कालीगढ सबै भारतीय भए नेपालको बेरोजगारी दर बढ्ने भो …!

Kumari bank ad

काठमाडौ । नेपालमा सुनचाँदीको गरगहना बनाउने नेपाली कालीगढको संख्या निक्कै कम छ । नेपालभरका २२ हजार सुनचाँदी व्यवसायी र पसलहरुबाट करिब १ लाख ५० हजार कालीगढहरुले रोजगारी पाउँदै आएका छन् । त्यसमा ८० प्रतिशत भारतीय कालीगढले रोजगारी पाउँछन् भने बाँकी २० प्रतिशत नेपाली कालीगढले मात्र यस क्षेत्रमा रोजगारी पाउँदै आएका छन् ।

दक्ष हुँदा हुँदै पनि कतिपय नेपाली कालीगढले यो क्षेत्रमा रोजगारी पाउँदैनन् । त अर्काेतिर नेपाली भन्दा भारतीय कालीगढले सस्तोमा काम गर्ने हुँदा पनि व्यवसायीको रोजाईमा भारतीय कालीगढ नै पर्दछन् । कम लागतमा पाईने भएपछि व्यवसायीले पनि भारतीय कालीगढलाई पहिलो प्राथमिकता दिएर छान्ने गरेका छन् ।

२०७२ को भूकम्पलगतै लामो समय यो व्यवसाय ठप्प प्रायः बन्नपुग्यो । सुनचाँदी व्यवसायी एवं व्यापारीहरुले प्रष्ट ढंगले मुख खोलेर भारतीय कालीगढ घर गएपछि अर्डर अनुसारको गहना दिन नसकेको बताए । र सुनचाँदी व्यवसायी, लगानी र कालीगढजस्ता व्यवसायका सबै अंगमा भारतीयहरुको बढ्दो बाहुल्यताले नेपालको सुनचाँदी व्यवसाय नै परनिर्भर र परतन्त्र जस्तो भएको उनीहरुको टिप्पणी रह्यो ।

भूकम्पपछि कालीगढको अभावमा साँच्चै नै सुनचाँदीको बजार पहिलेकै अवस्थामा आउन सकेन । एक मानेमा व्यवसायीको यो भनाई जायज पनि हो । तर सरकारले साउन १ गतेदेखि लागु हुने गरि झिटीगुण्टाको व्यवस्था परिवर्तन गरेपछि व्यवसायीहरुको भनाई फेरीएको छ, अझै भनौं ʽयू टर्नʼ नै भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक प्रेस विज्ञप्ती नै जारी गरि झिटिगुण्टाको परिवर्तित व्यवस्थाले नेपाली कालीगढहरुको रोजीरोटी खोसेको बताएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ʽसरकारले गहनाकोरुपमा मात्र सुन ल्याउन छुट दिंदा यसले एकातिर झन् यहाँका कालीगढहरुले थोरै भएपनि पाई आएको काम खोसिने डर उत्पन्न भएको छ, जसले बरोजगार दर अझै बढ्ने निश्चित छ ।ʼ

यसको अर्थ के हो ?

यसले के बताउँछ भने सुनको कम आयात भयो भने पहिलो त नेपाली कालीगढहरुले पाउँदै आएको रोजगारी कटौती गरिनेछ । त्यसमा व्यवसायी नै अग्रसर हुनेछन् । अर्थात् सुनको कम आयात भयो भने नेपालीहरुले त रोजगारी नै पाउदैनन् । सबै भारतीयको कब्जामा जानेछन् । यहि भन्न खोजिएको हो त ?

होईन भने यस्ता शब्द किन राखिन्छन् ? सुनचाँदी व्यवसायीलाई हाम्रो प्रश्न, भारतीयलाई भन्दा नेपाली कालीगढलाई प्राथमिकता दिने हो भने तपाइहरुले भनेको जस्तो नेपालीको बेरोजगारी दर घट्ला त ?

झिटीगुण्टाको व्यवस्थाअनुसार नेपाल सरकार भन्सार विभागले मिति २०७३ साउन १ गतेदेखि लागू हुनेगरि झिटीगुण्टा सुबिधा अन्तर्गत बिदेशबाट फर्कने महानुभावहरुले पाई आएको ५० ग्राम ढिक्का सुन र ५०० ग्राम ढिक्का चाँदी ल्याउने सुबिधालाई काटौती गरि तर सो बराबर तयारी गहना ल्याउन भने छुट कायम नै रहेको जनाएको छ ।

हेर्नुस् नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको प्रेस विज्ञप्ती…

SOON
सुनचाँदी व्यवसायीहरुले श्रमिकको नाम भजाएर आफ्नो व्यापार/व्यवसाय  विस्तार गर्न सरकारलाई दबाब दिने काम गर्नुभन्दा रचनात्मक ढंगले सरकारको कार्यलाई सहयोग गर्नु उनीहरुको महानता हुनेछ ।

हरिशरण न्यौपाने, काठमाडौ ।

प्रकाशित मिति ः २०७३ असार २२

वि.सं.२०७३ असार २३ बिहीवार १६:५९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...