back
NMB ad

बढ्यो अरुण भ्याली हाइड्रोपावरको नाफा : प्रतिसेयर आम्दानी घट्यो, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले ७ करोड ४९ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा १०.१० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८० लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने सामान्य वृद्धि भएको छ । उक्त अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड २ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने २.११ प्रतिशतले मात्र बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९४ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा १३.८६ प्रतिशतले वृद्धि भई १० करोड १ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने १३ करोड ५२ लाख २६ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको पुस मसान्तको तुलनामा ४ रुपैयाँ ९७ पैसाले घटेर ८ रुपैयाँ ६६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ ८२ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १७ सोमवार १०:१८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...