back
NMB ad

लघुवित्तको भविष्य उज्वल छः कार्यकारी निर्देशक अधिकारी

Kumari bank ad

काठमाडौँ । नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीले लघुवित्तको भविष्य उज्वल रहेको बताएका छन् ।

माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(एमफान) ले आईतवारदेखि आयोजना गरेको २ दिने एनएफआरएस तालिमको उद्घाटन गर्ने क्रममा बोल्दै निर्देशक अधिकारीले गाउं गाउंमा वित्तिय पहुचं पुर्याउदै गरिवी न्यनिकरणका लागी लघुवित्तहरुले भुमिका खेलेको भन्दै यस क्षेत्रको भविष्य उज्वल रहेको बताएका हुन् ।

लघुवित्तहरुले गाउंगाउंका महिलाहरुमा उधमशिलता विकास र शसक्तिकरण बढाएकोले यस क्षेत्रको दिगो विकासका लागि नेपाल राष्ट्र वैकले योजनाहरु वनाईरहेको बताएका छन् । दिगो रिसोर्स नभएका कारण लघुवित्तलाई समस्या रहेको स्विकार गर्दै नेपाल सरकार र नेपाल राष्ट्र वैक मिलेर दिगो कोषको व्यवस्थापन गर्न नेपाल राष्ट्र वैक लागिरहेको उनले बताएका छन् ।

उक्त कार्यक्रममा वोल्दै माईक्रोफाईनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले नेपाल राष्ट्र वैकको निर्देशन ईमान्दार भएर पालना गर्ने प्रतिबद्दता जनाएका छन् ।

राष्ट्र वैकको निर्देशन हामी ईमान्दार भएर पालना गर्नेछौ तर नेपाल सरकार र राष्ट्र वैकले गरिवी न्युनिकरणका लागी लघुवित्तलाई प्राथमिकतामा राख्नुपर्यो उनले भने । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले लघुवित्तका लागि पोलिसी र दिगो रिसोर्सको समस्या भएकोले नेपाल राष्ट्र वैकले यसमा ध्यान दिन आग्रह गरेका छन् ।

एमफानका अध्यक्ष जगत बहादुर पोख्रेलको सभापतित्वमा गरिएको उद्घाटन कार्यक्रममा आर्थिक पत्रकार समाजका अध्यक्ष जनार्दन बराल, एमफानका संचालक द्दय बावुराम बिश्वकर्मा र नरेश के सी ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा विभिन्न लघुवित्तका आन्तरिक लेखापरिक्षण विभाग प्रमुख र वित्त विभाग प्रमुखहरुका लागि २ दिनसम्म एफसिए महेश गोदार र एफसिए बिदुर लुईटेलले एनएफआरएस सम्वन्धी तालिम दिने आयोजक संस्था एमफानका कार्यकारी प्रमुख रविन पोखरेलले जानकारी दिएका छन् ।

वि.सं.२०७८ माघ १७ सोमवार १२:०९ मा प्रकाशित

You can share this post!

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२८

रमेश लम्साल काठमाडौँ, १६ जेठ : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने...

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस...

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:१३

काठमाडौँ, १६ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...