back
NMB ad

आईएमई जनरल इन्स्योरेन्सको अवको यात्रा २२ औँ वर्षमा

Kumari bank ad

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो २१ वर्ष पुरा गरेको छ ।

वि.स.२०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भई आईएमई जनरल इन्स्योरेन्स कम्पनीबाट अहिबी बीमासेवा प्रवाह गरिरहेको यो कम्पनी आजबाट २२ औँ वर्षमा प्रवेश गरेको हो ।

एनबी ग्रुप मुख्य प्रबद्र्धक रहेको यो कम्पनीलाई करिब एक दशक अगाडि आईएमई ग्रुपले ठूलो हिस्सा शेयर खरिद गरेपछि २०७४ मंसिर ७ मा नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स कम्पनी बनेको थियो ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले आगामी दिनमा बीमाको श्री बृद्धिमा दृढ भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले कम्पनीलाई आजको यस अवस्थामा ल्याईपुर्याउने बीमित, एजेन्ट, सर्भेयर, कर्मचारी तथा नियामक निकायसहितका अन्य शुभेच्छुकहरुमा २२ औं वर्षमा प्रवेशको अवसरमा धन्यवादसहित आभार व्यक्त गरे ।

आईएमई जनरल इन्स्योन्स कम्पनीले स्थापनाको २२ औं वर्षमा प्रवेश गरेको अवसरमा अझै उत्कृष्ट सेवा प्रवाह गरेर आम सर्वसाधारणमा बीमा सेवालाई अझै सरल र सहज पहुँच पुर्याउने प्रतिबद्धता जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले २२ औं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई प्रविधिमैत्री बनाई आम जनतालाई सरल रुपमा बीमा सेवा प्रवाह गर्ने, बीमाको पहुँच बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बीमितलाई स्तरीय सेवा, शेयर लगानीकर्ताहरुलाई अधिकतम् प्रतिफल दिँदै जनताको सम्पत्ति, सवारी साधन, पशुधन तथा बाली लगायतको जोखिम रक्षा वरण गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

कम्पनीले २१ औं बार्षिकोत्सवको अवसरमा आज देशैभरिका शाखामाहरुमा नविन कार्यक्रम गरेर मनाउने योजना बनाएको छ । यद्यपि कोरोना भाइरसको संक्रमणको कारण शुभकामना आदान प्रदानलगायतका कार्यक्रम गरिनेछ ।

२२ वर्षसम्मको यात्रामा आईपुग्दा कम्पनीले बार्षिक एक अर्बभन्दा बढि बीमा व्यवसाय गर्दै आएको छ । कोरोना महामारीका बीचमा पनि कम्पनीले प्रभावकारी बीमा सेवा प्रवाह गर्दै आएको छ । कूल चुक्ता पुँजि एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आवमा २३ करोड ४६ लाख ४० हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले लगानीकर्ताहरुलाई अधिकतम् प्रतिफल दिन सफल भएको छ भने कृषि तथा पशु बीमामार्फत न्यून आय भएका आम सर्वसाधारणलाई जनताको जोखिम रक्षावरण गर्दै आएको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार ११:०२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...