back
NMB ad

७ कम्पनीहरुले तोके साधारण सभाका लागि मिति: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । आधा दर्जन कम्पनीहरुले साधारण सभाका लागि मिति तय गरेका छन् ।

हालसम्म माघ र आउँदो फागुन महिनामा ५ वटा बीमा कम्पनीसहित ७ कम्पनीहरुले सभाका लागि मिति तोकेका हुन् ।

आउँदो शुक्रबार अर्थात माघ २१ गते तीन कम्पनीको साधारण सभा हुँदैछ । उक्त दिन एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले सभा गर्दैछन् ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । माघ २१ गते हुने एशियन लाइफको १३ औं वार्षिक साधारण सभाले २७ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६७७ को मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरेको छ ।

यस्तै, माघ २१ गते शुक्रबार नै हुने प्रिमियर इन्स्योरेन्सको साधारण सभाले पनि प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीको साभाले १५ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ ।

त्यसैगरि सोही दिन (माघ २१) गते ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले सभा गर्ने भएको छ । कम्पनीले भने लगानीकर्तालाई लाभांश नदिने भएको छ । कम्पनीको सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गरेको छ ।

यता, ज्योति लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले आउँदो फागुन ६ गते वार्षिक साधारण सभा गर्ने भएका छन् ।

उक्त दिन हुने ज्योति लाईफको वार्षिक साधारण सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ ।

सोही दिन (फागुन ६ गते) हुने अजोड इन्स्योरेन्सले भने लगानीकर्ता लाभांश वितरणको प्रस्ताव गरेको छैन । तर, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित, तथा आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ ।

आउँदो फागुन ७ गते जानकी फाइनान्स कम्पनीले २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

यता, लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपालले भने आउँदो फागुन ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार १७:११ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...