back
NMB ad

‘विग मर्जर’ विपक्षमा अर्थमन्त्री, अव आँखा नविल र एनबीको एक्वायरतिर

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ अगाडी सारिरहेको ‘विग मर्जर’को नीतिको विरोध देखिएका छन् । सैद्धान्तिक रुपमा उनी ‘विग मर्जर’को पक्षमा नै भएपनि व्यवहारतः उनी विपक्षमा देखिएका छन् ।

केही समय अगाडी हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाड्न सफल भएका अर्थमन्त्री पछिल्लो समयमा नविल र नेपाल बंगालादेश बैंक (एनबी) विचको प्राप्ति (एक्वायर) पनि भाड्नका लागि तम्सिएका छन् ।

उनले नविल र एनबीविचको प्राप्ति रोक्नका लागि नेपाल राष्ट्र बैंकमा पत्र पठाएका छन् । अर्थमन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा मार्फत राष्ट्र« बैंकमा दुगडलाई नैतिक बल पुग्नेगरी पत्र पठाएको पाइएको छ । माघ ९ गते राष्ट्र बैंकमा अर्थमन्त्रालयमा संस्थान समन्वय महाशाखाका प्रमूख रमेश कुमार केसीको हस्ताक्षरमा राष्ट्र बैंकमा पत्र पठाइएको हो ।

सो पत्रमा निवेदक मोतिलाल दुगडले माघ ३ गते अर्थमन्त्री जनार्दन शर्मा समक्ष एनबी बैंकका प्रमूख सेयरधनी बंगलादेशको आएफआईसी बैंकको मुद्धा अदालतहरुमा विचाराधीन मुद्धा र अन्तरिम आदेशलाई उल्लंघन हुने गरी अन्य बैंकसमक्ष गैरकानीनी काम कारबाही गरेको पाइएकोले तत्काल सो काम रोकी पाउँ भनी निवदेन लिएकोले आवश्यक कारबाही गर्न भनिएको थियो ।

पत्रमा निवेदकक दुगडले अथमन्त्रालयमा दिएको निवेदन पनि संलग्न गराएर पठाएको अर्थमन्त्रालयले जानकारी दिएको छ । कुनैपनि संस्थानसँग सम्बन्धी निवेदन वा उजुरीहरु आउदा सम्बन्धीत संस्थामा पठाउने अर्थमन्त्रालयको सो शाखाको काम भएकोले यो ठूलो विषय नभएको अर्थमन्त्रालयका प्रबक्ता रितेश कुमार शाक्यले बताए ।

उनका अनुसार यो विषयमा निर्णय गर्न राष्ट्र बैंक स्वतन्त्र छ । एनवी बैंकको २० प्रतिशत संस्थापक सेयरधनी बंगलादेशको आइएफ्सीले दुगडसँग पहिले सेयर किनवेचको सम्झौता गरेपनि सो नतोडि पछिल्लो समयमा चौधरी ग्रुपसँग अर्को सम्झौता गरेको भन्दै दुगडले अदालतमा मुद्धा दायर गरेका थिए ।

नविल बैंकका संचालक विनोद चौधरीकी श्रीमति सारिका चौधरीले आइएफ््सीको सेयर किन्ने सम्झौता भएर नेपाल राष्ट्र बैंक पुगेको छ । अव एनबी बैंकलाई एक्वायर गर्न नविलाई रोकेमा फेरी पनि विग मर्जर अगाडी नबढ्ने भन्दै राष्ट्र बैंक भने अर्थमन्त्रालयको पत्र टोकरीमा फाल्ने मुडमा छ ।

नेपाल राष्ट्र बैंकले करिव एक दशकदेखि मर्जरको नीति अख्यितार गरेको हो । पछिल्ला बर्षहरुमा मर्जरलाई प्राथमिकतामा राखेर अगाडी बढेको छ । गत पुस ३० गते बसेको हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जमा नजाने निर्णय पारित गरेँसँगै एउटा विग मर्जरको पाटो टुंगिएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज तोड्नमा सक्रिय भुमिका खेलेको भन्दै अर्थमन्त्री जनार्दशन शर्माको आलोचना भइरहेको छ ।

हिमालयन बैंकका हालका अध्यक्ष प्रचण्डमान श्रेष्ठ अर्थमन्त्री शर्मा निकट तथा नेकपा माओवादीका कार्यक्रर्ता समेत हुन् । त्यस्तै अर्थमन्त्री हुने वित्तिकै कर्मचारी संचय कोषका प्रमूख प्रशासक तुलसीराम गौतमलाई उनले हटाएका थिए ।

उनी हटाएपछि कोषको तर्फबाट हिमालयन बैंकको संचालकमा जितेन्द्र धिताल नियुक्त भएका थिए । उनले कोषले हिमालयन र इन्भेष्टमेन्ट मर्ज हुनका लागि गरेको निर्णलाई उल्टाउने काम गरेका थिए ।

यसका लागि अर्थमन्त्री शर्माको दवाव रहेको कोषका उच्च स्रोतको दावी रहेको छ । शर्माले पहिले इन्भेष्टमेन्टले सरकारलाई तिर्न बाँकी पुँजीगत लाभकरको समस्या सुल्झाउने बताएपनि सोही कुरा बारम्बार झिकेर कोषलाई आफ्नै निर्णयबाट पछि हट्न बाध्य बनाइएको थियो ।
इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज भएर एकीकृत कारोबार सुरु गरेको भए नेपालकै सवैभन्दा ठूलो बाणिज्य बैंक हुनेमा कुनै शंका थिएन ।

 

वि.सं.२०७८ माघ २३ आइतवार १०:४४ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...