back
NMB ad

एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा थप विस्तार, ८४ लाखसम्मको बीमा पाँच वर्षे पुग्यो

Kumari bank ad

काठमाडौँ । एनआईसी एशियाले अहिले प्रदान गर्दै आएको सर्वश्रेष्ठ खाताका सेवामा थप विस्तार तथा वृद्धि गरेको छ । बैंकले सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरूयुक्त यो ‘सर्वश्रेष्ठ बचत खाता’ का सेवाहरुलाई थप वृद्धि गरेको हो ।
बैंकले २०७८ कार्तिक १ गते यो योजना सार्वजनीक गरेको थियो । सेवामा वृद्धि गर्दै बैंकले १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा सेवा प्रदान गर्ने भएको छ ।

साथै यो खाता खोल्ने ग्राहकहरुले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्नेछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै डेबिट कार्ड,मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता एवं मेरो शेयर शुल्क, वार्षिक क्रेडिट कार्ड शुल्क, आरटीजीएस, आईपीएस–सीपीएस तथा फण्ड ट्रान्फर, प्रिपेड डलर कार्ड र चेक क्लियरिङ पाँच वर्षको लागि निःशुल्क गरेको छ । ई–कमर्श निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क गरेको छ ।

यसैगरी, क्रेडिट कार्ड सीमा अधिकतम रू. ५ लाखसम्म, क्रेडिट कार्ड जारी शुल्क, क्रेडिट कार्ड वार्षिक शुल्क शून्य रहेको छ । लकर दस्तुर÷लकर मार्जिन पाँच वर्षको लागि निःशुल्क साथै १०० प्रतिशत मिनाहा, फोर्टफलियो म्यानेजमेन्ट सेवा शुल्क पाँच वर्षको लागि ५० प्रतिशत छुट
स्विप इन–स्विप आउट सुविधामा खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुने ।
देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि कुनै शूल्क नलाग्ने, विदेशी मुद्रा सटहीमा २५ पैसा प्रिमियम वा वेशरेट मात्रै लाग्ने बैंकले जनाएको छ ।
साथै बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाईदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले आग्रह गरेको छ।

बैंकले हाल मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७८ माघ २३ आइतवार १०:०४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...