back
NMB ad

कवाडीबाट करोडपति बनेका व्यवसायीको संघर्षका कथा

Kumari bank ad

यो त्यो व्यवसायीको संघर्ष र सफलताको कथा हो जसले खेर गइरहेका सामान अर्थात् कवाडीबाट भारतीय रुपैयाँ ९० करोडको व्यापारमा बदले । उनले यो सफलता पाउनुभन्दा पहिले केही असफलताहरु पनि भोगें, यतिसम्म की उनले फेरि व्यवसाय सुरु गर्नका लागि आफ्नी श्रीमतीको गहना समेत बेचे । अहिले करोडपछि बन्नुभन्दा पहिले उनले धेरै हण्डर ठक्कर खाएका थिए । एउटा प्रसिद्ध भनाई छ कि व्यवसायमा तिमी एक पटक मात्र सही हुनु जरुरी छ । त्यस्तै, यी करोडपतिले पनि ठानेका छन् कि व्यवसाय गर्नका लागि कुनै मेन्टोरको आवश्यकता हुँदैन, आफूले हार नखानु नै ठूलो मेन्टोर हो ।

हृतेश लोहीया, जोधपुर राजस्थानका व्यापारी हुन् जसले प्रिती इन्टरनेशनल नामक कम्पनी चलाउँछन् । उनी पुरानो जुटका बोरा, च्यातिएका आर्मीका टेन्टहरु, जिन्सका प्यान्ट आदिबाट हाते ब्यागहरु बनाउँछन् । त्यस्तै, खेर गइरहेका टिन, ड्रम, पुरानो आर्मीको जिम, ट्रयाक्टरका पाटपुर्जा, मेशिनका बिग्रिएका पाटपुर्जा आदिबाट फर्निचरहरु बनाउँछन् । त्यति मात्र हैन, पुराना स्कुटर र बाइकहरुका हेडलाइट, साइडलाइट आदिबाट बत्तीहरु पनि बनाउँछन् । उनको कम्पनीले बनाएका यी सामानहरु  विभिन्न देशहरु ज्स्तो कि चीन, अमेरिका, युरोपका विभिन्न देशहरु र अस्टे«लियामा निर्यात हुन्छन् । भारतमै खेर गइरहेका सामानहरुबाट बनेको ह्याण्डिक्राफ्ट निर्माण गर्ने ठूलो कम्पनीका रुपमा उनको कम्पनी अगाडि आइरहेको छ भने चीनमा सामान निर्यात गर्ने एक मात्र कम्पनीका रुपमा पनि उनको कम्पनीलाई लिइन्छ ।

पक्कै पनि यो सफलता उनलाई रातारात मिलेको हैन भने यो व्यवसायको आइडिया पनि उनलाई सुरुमै फुरेको हैन । यसका लागि उनले निकै हण्डर खानुपरेको थियो । उनले सुरुमा टेक्सटायल केमिकल फ्याक्ट्री खोलेका थिए । त्यसपछि उनलाई सोचेजस्तो केही भएन । त्यसपछि उनले फेरि ढुंगा काट्ने फ्याक्ट्री खोले त्यसले पनि उनको डुंगा पार लगाएन । त्यसपछि फेरि उनको कम्पनील  लुगा धुने वासिङ पाउडर बनाउने र बेच्ने काम ग¥यो । त्यसपछि फेरि केही सीप नलागेर स्टक मार्केटको पनि व्यापार गर्न थाल्यो तर सबैमा घाटा बाहेक केही भएन ।

एउटाबाट अर्को  व्यवसाय र अर्कोबाट एउटा व्यवसाय गरेर चाहार्दै जाँदा उनीहरुले करोडौं रुपैयाँ डुबाए । त्यसपछि अन्तिममा उनीहरुले फोहोरलाई पुनः प्रयोग गरेर सामान बनाउने व्यवसाय रोजे, यो कुनै अचानक आएको व्यवसायिक आइडिया थिएन, यो काम गर्दा गर्दै नभएर दिक्दार भएपछि आएको अन्तिम उपाय थियो । सबै काममा हात हाल्दा हाल्दै उनीहरुले गर्न बाँकी अन्तिममा यही एउटा काम नै थियो । अन्य सबै व्यवसायमा अफलता र घाटा व्यहोरीसकेपछि अन्य नयाँ र धेरै पैसा लाग्ने व्यवसाय सुरु गर्नका लागि उनीहरुसँग पैसा नै थिएन, त्यसैले उनीहरुले फोहोरको डंगुरबाट नयाँ सामान बनाउने आइडिया निकाले, किनकी यसमा लगानी कम पथ्र्यो ।

उनीहरुले पहिले जति पनि काम गरे ती सबैबाट फोहोर मात्र थुप्रिएको थियो, कुनै पैसा थिएन, कुनै सन्तुष्टि थिएन । घाटा र असफलता सँगै पुरानो जुटको बोराको थुप्रो थियो, केमिकलहरु ल्याएको ड्रमहरु थियो, विभिन्न प्रकारका प्लास्टिकहरु थियो । उनीहरुले बिहान बेलुकाको छाक टार्नका लागि ती केही सामानहरु बेच्ने कोसिस पनि गरे, तर कसैले पनि ती सामानहरु किनेनन् । अन्ततः हार खाएर उनीहरुले यी बिग्रिएका भत्किएर थुप्रिएका र काम नलाग्ने भएका सामानबाट कसरी पैसा उठाउने भन्ने सोच्न थाले । त्यसपछि नै त्यही वर्ष अर्थात् सन् २००५ मा उनीहरुले कम्पनी खोले प्रिती इन्टरनेशनल । त्यसो त सन् १९९९ मा नै प्रिती इन्टरनेशनले दर्ता भइसकेको थियो, तर यसले अहिले गरिरहेको काम भने २००५ बाट मात्र सुरुवात ग¥यो ।

हाल उनीहरुको आम्दानी भनेको अमेरिकी डलर १ सय ५० लाख छ, त्यस्तै उनीहरुको मातहतमा  ४ सय ५० जनाले काम गर्ने गर्छन् भने उनीहरु हजाभन्दा बढी सामानहरुको उत्पादन गर्छन् । उनीहरुले विशेष गरेर महिलाहरुलाई कर्मचारीका रुपमा राखेका छन् जो पहिला कुनै निर्माण कम्पनीमा काम गर्ने गर्थे । ती महिलाहरु उनीहरुकै फ्याक्ट्री नजिकै बस्छन् ।

रमाइलो के छ भने उनीहरुले यो कम्पनी सुरुवात गर्नका लागि कुनै ऋण लिएनन् । हृतेश र उनकी श्रीमती प्रितीले एक अर्कालाई साथ दिए र एक अर्कालाई हौसला दिँदै अगाडि बढे । लागातारको असफलता र लगातारको घाटापछि पनि फेरि नयाँ आइडियाका साथ काम गर्नु अत्यन्त गाह्रो कुरा हो, यसमा धेरै नै हिम्मत चाहिन्छ । उनीहरुले धेरै लगानीकर्ताहरुलाई आफ्नो आइडिया सुनाए, तर कसैले पनि उनीहरुको यो विचारलाई गम्भीर रुपमा लिएनन् । कामको सुरुवात गर्नका लागि उनीहरुले कतैबाट पैसा नपाएपछि अन्ततः प्रितीको गहना बेचे ।

त्यसपछि उनीहरुले आफ्नो काम सुरु गरे, स्याम्पल बनाए, फोटो खिचेर त्यसलाई अनलाईमा अपलोड गरे र संसार भरका विभिन्न सम्भावित कस्टमरहरुलाई देखाए । तर यो काम त्यति सजिलो थिएन, उनीहरुले यसरी सुरुवात गरेको दुई वर्षपछि मात्र पहिलो अर्डर पाए । उनीहरु सम्झन्छन् त्यो दुई वर्ष जिन्दगीकै सबैभन्दा कठिन वर्षहरु थिए ।

त्यसपछि उनीहरुले कहिल्यै फर्किएर हेर्नुपरेन । अहिले आफूले पाएको सफलतालाई हेर्दा उनीहरुले काम गर, मात्र काम गर, असफल नै भए पनि काम गर अनि तिमी भित्रैबाट जादुमयी सम्भावना निस्कन्छन् भन्ने गर्छन् ।

इरादा पहाडी, एजेन्सीको सहयोगमा

२५ असार २०७३, ११ : ५३ : ३४

 

वि.सं.२०७३ असार २६ आइतवार ११:५६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...