back
NMB ad

सहकारीले अन्तर-सहकारी कारोबार गर्न नपाउने, न्युनतम तरलता १० प्रतिशत अनिवार्य

Kumari bank ad

काठमाडौं । सहकारीहरुले अव अन्तर–सहकारी कारोबार गर्न नपाउने भएका छन् । विभिन्न बहाना बनाएर सहकारीहरुले अन्तर–सहकारी कारोबार गरेको पाएपछि सहकारी विभागले यस्तो व्यवस्था गरेको हो । आइतबार पहिलो पटक सहकारी विभागले ८८ बुँदे एकीकृत निर्देशन जारी गर्दै कुनै सहकारी संस्थाले अर्को सहकारी संस्थामा बचत तथा कर्जाको कारोबार गर्न नपाइने व्यवस्था गरेको हो । त्यस्तै सहकारी संस्थाहरुले चेक धितो सुरक्षण गर्न पाउदैनन् ।

एकीकृत निर्देशनमा सहकारीहरुले सदस्यहरुले लगेको ऋणको नविकरण शुल्क ०.५० प्रतिशत भन्दा बढी लिन नपाउने व्यवस्था पनि गरेको छ । तीनदेखि ५ प्रतिशतसम्म नविकरण शुल्क लिएको जानकारी पाएपछि विभागले एकीकृत निर्देशनमा नै नविकरण शुल्क तोकेको हो ।

यसअघि २०७७ मंसिर २२ को निर्णय अनुसार सदस्यको हकमा १ र सामुहिक लगानीको हकमा १.५ प्रतिशत सेवा शुल्क कायम भएको थियो । तर नविकरण शुल्कको बारेमा भने स्पष्ट लेखिएको थिएन । यही लुपहोलमा बसेर सहकारीहरुले धेरै नविकरण शुल्क लिएको गुनासो आएपछि विभागले यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै सहकारीहरुले खुद बचतको ५ प्रतिशत रकम अनिवार्य जगेडा कोषमा राख्नुपर्ने व्यवस्था पनि गरेको छ । यसैगरी सहकारीहरुले कुल पुँजीकोषको १० प्रतिशत मात्र ऋण प्रवाह गर्न पाउने, जलविद्युत आयोजना, अस्पताल, विद्यालय क्याम्पस, होटल, पेट्रोल पम्पलगायतमा लगानी गर्नका लागि विनियममा स्विकृत नगरी लगानी गर्न नपाइने, विनियम स्विकृत गरेर लगानी गर्दा समेत संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने र बचत रकम लगानी गर्न नपाइने व्यवस्था राखिएको छ ।

यसैगरी संचालक समितिका पदाधिकारीमध्ये ४९ प्रतिशतले मात्र ऋण लिन पाउने, एटिएम, क्युआरकोड, मोवाईल बैंकिङ चलाउन विनियममा उल्लेख गर्नुपर्ने, प्राइभेट कम्पनीको शेयर, डिबेन्चर बोण्ड खरिदबिक्रीका साथै घरजग्गामा लगानी गर्न नपाउने, सामाजिक संजालबाट समेत बचत संकलनका लागि उपहार प्रलोभनसहितको प्रचार गर्न नपाउने, विशिष्टकृत संघमा लगानी गर्दा साधारणसभाबाट स्विकृत गरेर मात्र लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तैगरी लाभांस वितरणमा पनि कडाई गरेको छ । निर्देशनमा कुनैपनि सहकारीले बचतको १० प्रतिशत भन्दा कम तरलता राखेको छ भने उसले लाभांस दिन पाउनेछैन । त्यस्तै एकल सदस्य सिमा निर्धारण गर्नुपर्ने, संचालकको ऋणको विवरण नियमनकारी निकायमा दिनुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था नयाँ हो । सहकारी क्षेत्रमा संचालकहरु हावी हुदा सहकारी डुवेका कयौ उदाहरणहरु भएकोले यसलाई कम गर्न निमायकीय निकायको हिसावले निर्देशनमा विभागले यो व्यवस्था गरेको हो । यसले संस्थामा सुशासन ल्याउने विश्वास गरिएको छ ।

 

कर्जा लगानी गर्दा अनिवार्य खातामा जम्मा गरेर गर्नुपर्ने, सहकारी आफैले उद्योग स्थापना गर्न सक्ने तर शतप्रतिशत सहकारीको स्वामित्व हुनुपर्ने, बोनस खर्च ऐन अनुसार गर्नुपर्ने दोहोरो लिएमा फिर्ता गर्नुपर्ने, तरलताको गणना साप्ताहिक रुपमा गर्नै र सो गणना लेखा सुपरीबेक्षण समितिले प्रमाणित गर्ने र संचालक समितिमा पेश गर्ने निर्देशनमा उल्लेख गरेको छ ।

त्यस्तैगरी सहकारी बैंक र संघहरुको लगानीको क्षेत्र तोक्ने प्रयास गरिएको छ । निर्देशन नम्वर ३६ मा सहकारी बैंक एवं संघहरुको ऋण उत्पादनमुखी, स्थानिय स्रोतसाधानहरुको परिचालन, उद्यामशिलता विकास, वातावरण संरक्षण, रोजगारी सिर्जना आदि मार्फत गरिवी न्युनिकरणतर्फ उच्च प्रथमिकतामा दिनुपर्ने, व्यापार गर्ने उदेश्यले कुनैपनि मानसामान तथा अचल सम्पत्तिको खरिद गर्न नपाइने व्यवस्था पनि गरेको छ ।

त्यस्तै निर्देशनको बुँदा नम्बर ४७ मा संचालक, सुपरिपेक्षण समिति, उपसमितिका पदाधिकारी वा व्यवस्थापक एवं कर्मचारीहरुले आफ्नो अधिकार क्षेत्र नाघी गरेको कामकारबाहीप्रति स्वयं जिम्वेवार हुनुपर्ने, उनीहरुको घर भाडामा लिइ कारोबार नगर्ने, उनीहरुको फर्म वा कम्पनीबाट बस्तु तथा सेवाको खरिद नगर्ने, उनीहरु अर्को सहकारीको कर्मचारी वा समितिमा संलग्न हुन नपाउने र  हरेक संस्थाले संचालक र कर्मचारीहरुको लागि आचार संहिता बनाएर पालना गराउने गरी एकीकृत निर्देशन जारी गरिएको छ ।

 

वि.सं.२०७८ फागुन १ आइतवार १८:३२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...