back
NMB ad

राष्ट्र उत्थान लघुवित्तको आईपिओ भोली देखि बिक्रि खुल्ला,ओपनिङ रेञ्च नै ५ सय सम्म हुने

Kumari bank ad

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोली देखि बिक्रि खुला भएको छ ।

कम्पनीले कुल ८ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी २६ करोडको ३२.६५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबर रकमको आईपीओ बिक्रि खुला हुन लागेको हो ।

जसमध्ये कुल निष्काशनको ५ प्रतिशतले हुन आउने ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानीकोषको लागि छुट्टाईएको छ । त्यस्तै १३ हजार कित्ता सेयर कर्मचारी र बाँकी ७ लाख ९४ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

आईपीओमा भोली (फागुन ४ गते) देखि फागुन ८ गते बैंकिङ्ग कारोबार समयमा आवेदन दिनु पर्ने छ । कम्पनीले भोली बिक्रि खुला भएर छिटोमा फागुन ८ गते र ढिलोमा १८ गते निष्काशन बन्द हुने भनेको छ । ढिलोमा भनेको अघिल्लो मितिसम्ममा माग गरिएको भन्दा कम आवेदन परेमा हो । जुन अहिलेको परिस्थितिमा सम्भव छैन । पछिल्लो समय निष्काशन हुने आईपीओहरुमा माग भन्दा कम्तिमा पनि ५० प्रतिशत भन्दा बढी आवेदन पर्ने गरेको छ ।

यस्ता छन् प्रमुख वित्तीय सूचकहरुः


कम्पनीको आईपीओ जारी पश्चात उसले पाउने ओपनिङ रेन्च कम्पनीको पछिल्लो प्रति शेयर नेटवर्थको आधारमा तय गरिन्छ । तसर्थ यो कम्पनीले कम्तीमा १७२.८१ रुपैयाँ र बढीमा ५१८.८३ रुपैयाँ ओपनिङ रेञ्च पाउने छ ।

अर्थात कम्पनीको दश कित्ता आह पर्ने लगानीकर्ताले हजार रुपैयाँबाट पाँचहजारसम्म कमाउन सक्नेछन् ।

कम्पनीको पृष्ठभूमिः
कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत मिती २०७५ सात फागुन ८ गते देखि “घ” वर्गको लघुवित्त वित्तीय संंस्थाको रुपमा सञ्चालन हुँदै आएको हो । घ वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालन भएको करिब ३ वर्ष भएपनि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम साविकको गैर सरकारी संस्था नेपाल ग्रामीण विकास संस्थाकाको रुपमा २०५४ साल देखि लघुवित्त कारोबार गर्दै आईरहेको थियो ।

संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं.१३ स्थित साँगमा रहेको छ । हाल ९५ शाखा कार्यालयहरुबाट कारोबार संचालन गरेको गर्दै आईरहेको छ ।

सेयर संरचना अबस्था


सञ्चालकमा को–को छन् ?

व्यावस्थापन समूह


कम्पनीको चुक्ता पुजीँ, प्रतिशेयर आम्दानी र प्रति शेयर नेटवर्थको तीन वर्ष र आगामी दुई वर्षको
प्रक्षेपित


आईपीओ जारीबाट संकलन गरेको रकम कहाँ लगानी गर्दै छ?

 

 

 

 

 

वि.सं.२०७८ फागुन ३ मंगलवार १४:३० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...