back
NMB ad

युवकको हत्या आरोपमा तीन जना पक्राउ

Kumari bank ad

डडेल्धुरा । डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको हो।

सोमबार बिहान आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल, आलीताल गाउँपालिका–८ बस्ने १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर विक रहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर पालले बताए।

सिजापति र बराल आफन्त हुन्। आइतबार राति बरालको घरमा मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको डीएसपी पाल बताउँछन्।

अनुसन्धानका क्रममा उनीहरू तीनै जनाले मदिरा सेवन गरेपछि सिजापतिसँग विवाद हुँदा सोही क्रममा कुटपिट गरेर घाइते अवस्थामा अटोमा राखेर आलीताल गाउँपालिका–४ मा छाडेर गएको बयान दिएका छन्।

‘आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट भएको रहेछ। राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर घाइते अवस्थामा फालेका रहेछन्, ‘स्थानीयले देखेपछि हामीलाई खबर गरे। जोगबुढा अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा सोमबार उनको मृत्यु भयो,’ डीएसपी पालले भने।

हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरूको साथी हुन्। सिजापति आइतबार मात्र डोटीबाट आफन्त बरालको घरमा आएका थिए। पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १४:४४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...