back
NMB ad

एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, अध्यक्षमा उम्मेदवारी दिन १० लाख रुपैयाँ दर्ता दस्तुर लाग्ने

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी चैत १२ र १३ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले मनोनय पत्र दर्ता गर्दा १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने भएको छ ।

एनआरएनएले आज निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिनेले १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने जनाएको हो ।

चैतमा एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष–१, उपाध्यक्ष–४, महिला उपाध्यक्ष–१, युवा उपाध्यक्ष–१, महासचिव–१, सचिव–१, महिला सचिव–१, कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–१, महिला सह कोषाध्यक्ष–१, महिला संयोजक–१, युवा संयोजक–१, क्षेत्रीयसंयोजक–६, क्षेत्रीय उपसंयोजक–६ पदको लागि निर्वाचन हुँदैछ ।

निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिनेले ७ लाख रुपैयाँ, महासचिवमा उम्मेदवारी दिनेले ६ लाख रुपैयाँ, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दिनेले ५/५ लाख रुपैयाँ, सहकोषाध्यक्षमा उम्मेदवारी दिनेले ४ लाख रुपैयाँ, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनेले साढे ३ लाख रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ ।

यस्तै, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी दिन चाहनेले साढे २ लाख रुपैयाँ, क्षेत्रीयमहिला उपसंयोजक र क्षेत्रीययुवा उपसंयोजकमा उम्मेदवारी दिनेले २ लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने एनआरएनले जनाएको छ ।

निर्वाचन कार्यक्रम अनुसार पेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ र २७ मतदाता नामावली उपर दाबी विरोध गर्ने, मार्च २ मा दाबी विरोध माथि छानबिन गरि निर्णय गर्ने, मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने रहेको छ ।

मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, मार्च ६ र ७ गते उम्मेदवारको उम्मेदवारी विरुद्ध दाबी विरोध गर्ने, मार्च ८ मा उम्मेदवारको मनोनयनपत्रको जाँच र उजुरी उपर निर्ण गर्ने, मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मार्च २१ र २२ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार १३:२२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...