back
NMB ad

१६ कम्पनीको ९ करोड ८० लाख बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यस साता १६ कम्पनीको बोनस सेयर सचीकृत भएको छ ।

यस साता नेप्सेमा ६ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंकसहित १६ कम्पनीको ९ करोड ८० लाख ५६ हजार ७६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिभिल बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

जसमध्ये निफ्राको १ करोड ६० लाख कित्ता, सिभिल बैंकको ४३ लाख २१ हजार ८३०.४२ कित्ता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा बुधवार स्ट्याण्डर्ड चाटर्ड बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्तको २० लाख कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता सेयर र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३०.६२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गत सोमबार नेप्सेमा नेपाल ल्युव आयलको ९० हजार ५३ कित्ता र ज्याति विकास बैंकको ४२ लाख २९ हजार ३०५.०६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरि यस साताको पहिलो कारोबार दिन अर्थात आइतबार ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

जसमध्ये नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता, मुक्तिनाथ विकास बैंकको ८४ लाख ५६ हजार ३ सय कित्ता, आईसीएफसी फाइनान्सको १० लाख २८ हजार ४९४ कित्ता, हिमालयन डिस्टीलरीको ६५ लाख ७ हजार ७६७.८१ कित्ता, बैंक अफ काठमाण्डूको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता र लुम्बिनी विकास बैंकको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १२:२९ मा प्रकाशित

You can share this post!

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१६

काठमाडौँ, १ जेठ : सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष...

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...