back
NMB ad

पुनरुत्थानको मोडल तयार पार्न परिसंघले परिसंवाद आयोजना गर्ने

Kumari bank ad

काठमाडौं । कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको पहिचान गरी आर्थिक पुनरुत्थानको मोडल तयार पार्नका लागि प्रादेशिक उद्यमशिलता परिसंवाद हुने भएको छ ।

प्रदेश सरकार, नेपाल उद्योग परिसंघ (सिएनआई) र विशाल फाउन्डेसनले परिसंवादको संयुक्त आयोजना गर्ने भएका छन् । सोमबार नेपाल उद्योग परिसंघले उद्यमशिलता परिसंवादका लागि विशाल फाउन्डेसनसँग सम्झौता गरेको छ ।

यो परिसंवाद व्यवसायका प्राथमिकता र क्षेत्रहरु, पछिल्लो समय उद्यम व्यवसायमा परेको नकारात्मक प्रभाव र प्रदेशको आर्थिक सवलीकरणका सम्बन्धमा सरकार र नीजि क्षेत्रबीचको उच्चस्तरको हुने परिसंघले जनाएको छ ।

परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालका अनुसार परिसंवाद मार्फत आएका उद्यमीका मुद्दाहरुलाई तीनै तहको बजेट अगाडि नै सरकार समक्ष प्रस्तुत गरिने छ ।

विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले प्रदेश तथा स्थानिय तहका उद्यमीहरुको प्रर्वद्धन गर्नु रहेको र यो परिसंवादले निश्चय पनि प्रादेशिक स्तरमा उद्यमशिलता प्रर्वद्धन गर्न र युवा जमातलाई उद्यशिलतामा एकिकृत गर्नका लागि महत्वपुर्ण भुमिका खेल्ने बताए ।

परिसंवादमा प्रदेश भित्र कोभिडपछिको अर्थतन्त्र, आर्थिक पुनःउत्थानको रोडम्याप, डिजीटल अर्थतन्त्र र डिजिटल नेपाल फ्रेमवर्क, स्टार्टअप उद्यमका अवसर, महिला उद्यमशिलता, रोजगारी, कृषि र पर्यटन क्षेत्रमा नेपालको सम्भावना, दिगो विकासका लक्ष्य प्राप्ती लगायतका ५ देखि ७ वटा सेसनहरु रहने छन ।

वि.सं.२०७८ फागुन १० मंगलवार ११:५४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...