back
NMB ad

भक्तपुर खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी

Kumari bank ad

भक्तपुर । भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् ।

सोमबार साँंझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झन्डा राखेका थिए । अहिले मञ्चमा दुईवटा झन्डा मात्रै बाँंकी छन् ।

मैदानको चारैतिरको बारमा डोरीले बाँंधेर राखेका १८ वटा झन्डा चोरी भएका हुन् । झन्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य विभिन्न सामान पनि चोरी भएको आयोजकले जनाएको छ ।

आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवांले प्रतियोगिता स्थललाई सभ्य र भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न राखिएका नेपालको राष्ट्रिय झन्डा चोरी हुनु दुःखद भएको बताए । झन्डा चोरमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेल मैदानमा ६ फागुनदेखि भक्तपुर कप फुटबल प्रतियोगिता भइराखेको छ । प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँंदै छन् । प्रतियोगिताको फाइनल १४ फागुनमा हुने आयोजकले जनाएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १२:१३ मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...