back
NMB ad

मंगलबार पनि तोकिएन सहकारीको सन्दर्भ व्याजदर, मन्त्रीको अनुमति नभएपछि पन्छाउदै प्रतिनिधि

Kumari bank ad

काठमाडौ । सहकारी अभियानका नेताहरुले सहकारी विभाग घेराउ गरी नयाँ सन्दर्भ व्याजदर तोक्न दवाव दिएपनि विभागले तोक्न सकेन । मंगलबार बसेको सन्दर्भ व्याजदर निधारण समितिले उपसमितिले दिएको प्रतिवेदन अध्ययनका लागि समय माग गरेपछि मंगलबार व्याजदर तोक्न नसकेको विभागका उपरजिष्टर खिमानन्द आचार्यले बताए ।

मंगलबार साढे २ घण्टा समितिको छलफल हुदा समेत निष्कर्ष ननिस्किएपछि २ दिनपछि अर्को बैठक बस्ने भन्दै टुंगिएको हो । ‘ब्याजदर अध्ययन प्राविधिक उपसमितिले दिएको प्रतिवेदन थप अध्ययन गर्नका लागि समय चाहिएकाले २ दिनपछि बैठक बस्ने निर्णय भएको छ । ‘आचार्यले भने ।

अर्थमन्त्रालय, सहकारी मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधिले उपसमितिले व्याजदर तोक्नका लागि मन्त्रीहरुको अनुमति अनिवार्य चाहिने भन्दै रोकेको समितिका एक सदस्यले बताए ।

सहकारी अभियानले भने ब्याज नबढे राष्ट्रिय सहकारी महासंघले नै ब्याज निर्धारण गर्ने चेतावनी दिइसकेको थियो । विभाग परिसरमा सहकारीकर्मीले बिहान ११ बजेदेखि धर्ना दिइरहेका थिए ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई भेटेर तीन तीनभित्र ब्याजदर निर्धारण गर्न अनुरोध गरेपनि समय घर्घिसकेको छ ।

 

वि.सं.२०७८ फागुन १० मंगलवार १७:३० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...