back
NMB ad

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाद्वारा उम्मेदवारी घोषणा

Kumari bank ad

काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघको आज र भोलि हुने १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देउजाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै देउजाले बिकराल समस्याको बीच निर्माण व्यवसायी रुमालिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याउनको लागि आफुले उम्मेदवारी दिन लागेको बताए । उनले भने,‘निर्माण व्यवसायमा बिकराल समस्या छन्, समस्यामा रुमालिएको उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर निर्माण उद्योगीहरुलाई पुर्वः ताजगी गराउन मैले उम्मेदवारी दिन लागेको हो ।’ पुर्वअध्यक्षसहित सर्वसम्मत प्रयास रहेसम्म आफु र आफ्नो उम्मेदवारी बाधक नहुने पनि उनले स्पष्ट पारेका छन् ।

आफूले अप्रत्यक्ष रुपले २०४३ र प्रत्यक्ष रुपले २०४७ सालदेखि निर्माण व्यवसायीको रुपमा निरन्तर सम्लग्न रहेको पनि देउजाले उल्लेख गरे । स्वः अध्यक्ष सरद गौचन र आफु महासचिव हुँदा साना व्यवसायीको हितको लागि काम गर्ने सिलशिलामा २ करोड सम्मको निर्माण कार्यहरुमा कुनै पनि योग्यता नचाहिने नियम संसोधन गर्न सफल देउजाले जिकिर गरे ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १४:२४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार २१:३३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको...

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:२५

हेमन्त जोशी  काठमाडौँ, १४ जेठ : मुलुकमा गणतन्त्र स्थापना पछिको...

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:१६

बर्दिया, १४ जेठ : बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले...

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...