back
NMB ad

१२ सय रुसी र १३ सय युक्रेनी सेना मारिए, पोल्यान्डनजिक मिसाइल प्रहार

Kumari bank ad

एजेन्सी । युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले विभिन्न सहरमा बिस्फोट र मिसाइल प्रहार गरेको विवरणहरु सार्वजनिक भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ ।

त्यस्तै पश्चिमी सहर इभानो फ्र्यांकिभ्स्कनजिक बिस्फोट भएको छ । सहरको एउटा विमानस्थललाई निशाना गरेर मिसाइल प्रहार गरेकोे प्राप्त विवरणहरुमा जनाइएको छ । ‘प्रारम्भिक सूचनामा विमानस्थललाई लक्षित गरी हमला गरिएको देखिन्छ,’ सो सहरका मेयर रुसलान मार्टसिनकिभले फेसबुक पोस्टमा लेखेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा अहिलेसम्म १३ सय युक्रेनी र १२ सय रुसी सेना मारिएको दाबी गरेका छन् ।

यसैबीच, मोल्दोभाका प्रधानमन्त्री नातालिअ गाभरिलिटाले युक्रेनी शरणार्थीको प्रवाहको सामना गर्न देशमा सहयोगको आवश्यकता परेको बताएका छन् । युरोपकै सबैभन्दा बिकासन्मुख देश मोल्दोभाले करिव एक लाख युक्रेनीलाई शरण दिइरहेको छ ।

वि.सं.२०७८ फागुन २९ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...