back
NMB ad

बैंकिङ्ग बजारमा अनिश्चितताः निक्षेपमा समान्य वृद्धि देखिएपनि कर्जा विस्तारमा संकुचन, सीडी अनुपात ९१ प्रतिशत माथि

Kumari bank ad

काठमाडौँ । आर्थिीक संकटको मुखमा रहेको बेला बैंकिङ्ग क्षेत्रमा अनिश्चितताका प्रतिबिम्बहरु तरंगहरु आईरहेका छन् ।

अघिल्लो साता यता वाणिज्य बैंकहरुले निक्षेपमा केही सुधार गरेपनि कर्जा विस्तारमा भने रोक लगाएका छन् ।

पछिल्लो साता र गत साता नै वाणिज्य बैंकहरुमा निक्षेपमा सामान्य सुधार देखिएको छ भने कर्जा विस्तारमा संकुचन देखिएको हो ।

गत साताको सुरुको तीन दिन भने निक्षेप र कर्जा विस्तार दुवैमा वृद्धि देखिएको थियो यद्यपी पछिल्लो चार दिनको निक्षेप तथा कर्जा परिचालनको अवस्था हेर्दा निक्षेप सुधारात्मक देखिएपनि कर्जा प्रवाहमा संकुचन आएको छ ।

अर्थात अघिल्लो साता (फागुन २७ गते) निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ कायम गरेका वाणिज्य बैंकहरुले फागुन ३० गतेसम्म आउँदा ४३ खर्ब ३३ अर्ब पुर्याएका थिए । यता कर्जा विस्तार ४१ अर्ब ६९ अर्ब कायम रहेकोमा फागुन ३० गतेसम्म यस्तो रकम ४१ खर्ब ७२ अर्ब पुगेको थियो ।
यद्यपी चैत चार गतेसम्म आउँदा निक्षेपमा समान्य वृद्धि भएर अघिल्लो हप्ताको तुलनामा बढेर यद्यपी फागुन मसान्तको तुलनामा घटेर ४३ खर्ब २८ खर्ब कायम भएको हो ।

त्यस्तै यता कर्जा प्रवाहमा भने अघिल्लो साताको भन्दा पनि तल्लो विन्दूमा पुगेको छ । अर्थात कर्जा विस्तार रकम ४१ खर्ब ६८ अर्ब कायम भएको छ ।

यता चालु आर्थिक वर्षको चैत महिना सुरु भएपछि बैंकहरुको कर्जा निक्षेप(सीडी) अनुपात ९१ प्रतिशत भन्दा माथि पुगेको छ । बैंकहरुमा नयाँ निक्षप थपिनुको सट्टा भएको पनि झिकिएपछि कर्जा निक्षेप अनुपातमा दवाब देखिएको हो ।

फागुन महिनामा केही निक्षेप थपिएपछि ९० प्रतिशतको हाराहारीमा आएको औसत कर्जा निक्षेप अनुपात पुनः सीमा भन्दा माथी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि जान हुदैन् । सो भन्दा माथि भएका बैंकहरुले आगामी असार मसान्तसम्ममा सो सीमा भित्र ल्याउनु पर्ने व्यवस्था छ ।

वि.सं.२०७८ चैत ६ आइतवार १९:३४ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...