back
NMB ad

‘वर्ल्ड कार अफ दि इयर-२०२२’ को फाइनलिस्टमा तीन इलेक्ट्रिक कार

Kumari bank ad

काठमाडौं । ‘वर्ल्ड कार अफ दि इयर-२०२२’ को फाइनलिस्टहरुमा तीन वटा इलेक्ट्रिक कारहरु रहेको छन् ।

विश्व प्रसिद्ध वल्र्ड कार अवार्डका लागि इतिहासमै पहिलो पटक फाइनलिस्टहरु तीन वटै इलेक्ट्रिक कारहरु परेका हुन् । सन् २०२२ को वल्र्ड कार अवार्डका लागि फाइनलमा फोर्ड मुस्ताङ्ग मार्च–ई, हुन्डाई आयोनिक–५ र किया इभी ६ परेका छन् ।

अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरू मध्ये एउटालाई विजेता घोषणा गर्नेछन् ।

विभिन्न ३३ वटा देशका १०२ अटोमोटिभ पत्रकारहरुको निर्णायक मण्डलद्वारा छनोट गरि वल्र्ड कार अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु राम्रो कुरो हो ।

यसरी इलेक्ट्रिक गाडीहरुले पुरस्कार पाउनुपने अन्य कार निर्माताहरु पनि नयाँ नयाँ इभी बनाउन प्रेरित हुने विश्वास लिन सकिन्छ ।

उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ ।

इलेक्ट्रिक कारहरुको लागि छुट्टै श्रेणी रहेता पनि कार अफ दि इयरमा तीनवटै फाइनलिस्टहरु इलेक्ट्रिक हुनुलाई निकै उत्सुकताका साथ हेरिएको छ । यस वर्ष हुन्डाईको आयोनिक–५ बाहेक अन्य कार इलेक्ट्रिक कारहरुको श्रेणाीमा परेनन् ।

यी दुवै श्रेणाीमा फाइनलमा पुग्नुका साथै वर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेकाले यसपालि अर्थात सन् २०२२ मा हुन्डाई आयोनिक–५ ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै छ ।

यो वर्ष फाइनलमा कुनै पनि इन्टरनल कम्बलसन इन्जिन(आईसीइ) कार नपर्नु भने अचम्मको कुरा हो । सन् २०२१ मा भोल्कस्वागेन आईडी.४, होन्डा ई संगै टोयोटा यारिस फाइनलमा प्रतिस्पर्धा गरिरहेका थिए । फाइनलमा भोल्कस्वागेन आईडी ४ले पुरस्कार जिते पनि टोयोटा यारिसले कम्तीमा कम्बसन कारहरुको प्रतिनिधित्व गरेको थियो ।

तर यो वर्ष त्यस्तो नहुनुको अर्थ अबदेखि आईसीई कार कहिल्यै अवार्डको लागि प्रतिस्पर्धामा आउँदैन भन्ने होइन । तर, यसले निश्चित रूपमा मानिसहरूले एउटा कारमा खोज्ने गुणहरू फेरिएको हो कि भन्ने जनाउँछ । अथवा अब इलेक्ट्रिक कारहरू पनि आईसीइ कारहरूको दाँजोमा अब्बल भएका छन् भन्ने पनि बुझ्न सकिन्छ ।

वि.सं.२०७८ चैत ९ बुधवार १३:४१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...