back
NMB ad

नेपाली चिउराको निर्यात बढ्दै, एक महिनामै २८% ले बढ्दा साढे ११ करोडको बाहिरियो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा साढे ११ करोड बढीको नेपाली चिउरा निर्यात भएको छ । पछिल्लो समय नेपाली चिउराले अन्तर्राष्ट्रिय बजार पाउन थालेको हो ।

नेपालबाट विश्वका ९ मुलुकहरुमा ११ करोड ५४ लाख १ हजार रुपैयाँ बराबरको चिउर बाहिरिएको हो । भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तमा नेपालबाट ३ लाख ४७ हजार ९२७ केजी चिउरा निर्यात भएको हो ।

पछिल्लो एक महिना अर्थात माघ मसान्तसम्मको तुलनामा भने चिउरा निर्यात २८.१५ प्रतिशतले वृद्धि भएको हो । चालु आवको माघ मसान्तसम्ममा ९ करोड ४९ हजार रुपैयाँ बराबरको २ लाख ८६ हजार ७९८ केजी चिउरा नेपालबाट बाहिरिएको थियो ।

धानलाई भिजाएर ढिकी वा मीलमा कुटेर तयार पारिएको अन्नलाई च्युरा भनिन्छ । सजिलै सँग जताततै उपलब्ध हुने, भण्डारण गर्न सकिने तथा ’जुठो’मा नगनिने भएकोले खानपिनमा यो एकदमै प्रचलित छ । दहि, मासु, मिठाई लगायतका अन्य धेरै परिकारसँग पस्किन सकिने भएकोले च्युरा अति प्रचलित छ ।

नेपाली चिउरा विश्वका ९ मुलुकहरु अमेरिका, अष्ट्रेलिया, इटली, जापान, बेलायत, कोरिया, बेल्जियिम, भारत, हङकङमा पुग्ने गरेको विभागले जनाएको छ ।

चालु आवको ८ महिनाको अवधिमा सबैभन्दा बढी चिउरा अमेरिका पुगेको छ । उक्त देशमा फागुन मसान्तसम्ममा ७ करोड २ लाख ३८ हजार रुपैयाँ बराबरको १ लाख ५७ हजार ५७४ केजी चिउरा पुगेको हो ।

उक्त अवधिमा अष्ट्रेलियमा १ करोड ८३ लाख १७ हजार रुपैयाँ बराबरको ६१ हजार ६९९ केजी चिउरा निर्यात भएको छ ।

यस्तै, इटलीमा ९९ लाख ४९ हजार रुपैयाँ बराबरको २२ हजार ८५९ केजी, जापानमा ५० लाख ९८ हजार (२९ हजार १३० केजी), बेलायतमा ४६ लाख ६७ हजार (१२ हजार १६२ केजी), कोरियामा ३० लाख ६२ हजार( १५ हजार ११२ केजी) रुपैयाँ बराबरको चिउरा पुगेको छ ।

त्यसैगरि बेल्जियममा १८ लाख ७७ हजार रुपैयाँ बराबरको ६ हजार ६२८ केजी, भारतमा १४ लाख ७६ हजार (३३ हजार ८१० केजी) र हङकङमा ७ लाख १९ हजार रुपैयाँ बराबरको ८ हजार ९५३ केजी नेपाली चिउरा निर्यात भएको हो ।

वि.सं.२०७८ चैत ९ बुधवार १७:१९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...