back
NMB ad

छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता–२०७८’ को तयारी पूरा, एक लाख दर्शकले अवलोकन गर्ने विश्वास

Kumari bank ad

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यही चैत १६ देखि १९ गतेसम्म ‘छैठौं राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८’ को आयोजना गर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कोरोना भाइरसका कारण दुई वर्ष रोकिएको दोहोरी प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपको बगैँचामा हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

यस्तै, उनले लोक दोहोरीका पारखीहरुलाई यस प्रतियोगिताले भरपुर मनोरञ्जन दिने भन्दै सम्पूर्ण महानुभावहरुलाई सहभागिताको लागि आग्रह गरे । प्रतियोगितामा देशैभरिका करिब ७० समूहको सहभागिता रहने महासचिव सुवास केसीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नेलाई रु दुई लाख २५ हजार, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख ५० हजार र एक लाख पुरस्कार दिईने पनि जनाईएको छ । साथै, प्रतियोगितामा सान्त्वना हुनेलाई समेत नगद ५० हजार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको जनाईएको छ । उक्त प्रतियोगितामा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

मुख्य प्रायोजक गोर्खा ब्रुअरीका प्रतिनिधी उत्कृष्ट नेपालले टुबोर्गले सुरुवाती दिनदेखिनै संगितको माध्यमबाट नेपाली जनताको मनमनमा पस्न खोजेको भन्दै नेपालको सांस्कृतिक र मौलिक संगितको रुपमा रहेको दोहोरीमा जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगिताको सफलताको कामना गरे । उनले उक्त प्रतियोगिताले नेपाली जनतामा एक किमिसको नयाँ तरंग पैदा गर्ने विश्वास दिलाए ।

वि.सं.२०७८ चैत १४ सोमवार १६:२२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...