back
NMB ad

अब फ्यान्टा एप्पल नेपाली बजारमा

Kumari bank ad

काठमाडौं । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ ।

अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् ।

नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ ।

यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र आउट अफ होम आदि समावेश छन् ।

लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ ।

यो नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो,“हामी उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइ अनुसार वहाँँहरूलाई रिफ्रेश रहिरहनको लागि थप विकल्पहरू दिन सँधै प्रयासरत छौँ । हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु माझ पु¥याउन निकै उत्साहित हुनुहुन्छ ।”

यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।

वि.सं.२०७८ चैत १४ सोमवार २२:२९ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...