काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यति बेला कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४५ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ५९६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यस्तै, यति बेला नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ८.१८ प्रतिशत अर्थात प्रतिकित्ता ९५ रुपैयाँले वृद्धि भई १ हजार २५६ रुपैयाँ २० पैसा कायम भएको छ ।
वि.सं.२०७८ चैत २१ सोमवार १२:४८ मा प्रकाशित