back
NMB ad

लुम्बिनी विकास बैंकको लोगो अंकित झण्डा हस्तान्तरण

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले २६ औं पटक सगरमाथाको आरोहण गर्न लाग्नुभएकोमा विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व किर्तीमान कायम गरी सक्नुभएका किर्तीमानी आरोही शेर्पाले २६ औं पटक पुनः आरोहणको लागि प्रस्थान गर्न लाग्नु भएको हा ।

उहाँको सफल आरोहणको लागी लुम्बिनी विकास बैंकले समेत सहकार्य गर्दै बैंकको लोगो अंकित झण्डा बैंकका अध्यक्ष दशरथ रिसालले हस्तान्तरण गर्नुभयो ।

किर्तीमानी पर्वतारोही शेर्पा बिगत दुई दशक देखि बैंकमा “निरन्तर सहयात्री” बनि आबद्घ हुनुहुन्छ । उहाँको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६ औं पटक आरोहण गर्न लागेको जानकारी दिनुभयो ।

उहाँको यस कार्यले लुम्बिनी विकास बैंक साथै सम्पुर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा थप ७ शाखा खोल्नको लागी तयारी अवस्थामा छ ।

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

वि.सं.२०७८ चैत २५ शुक्रवार ११:२० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...