back
NMB ad

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड: तपाईलाई कति कित्ता पर्यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज विहान ९ बजे बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ प्रि –अलोटमेण्ट भने शुक्रवार सम्पन्न भइसकेकाले आज बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड भएको हो । मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ६६ हजार ३ सय ४२ जनाले मात्रै १०÷१० कित्ता सेयर भएका छन् भने ३ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । बिक्री प्रबन्धक क्यापिटलका अनुसार बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली भएको छ ।

कम्पनीले चैत्र १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा चैत्र २१ गतेसम्म २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।

नतिजा हेर्नका लागि:

1. सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेभसाइट  https://iporesult.cdsc.com.np/ ,

 2. ग्लोबल आइएमई क्यापिटलकाे वेभसाइट https://www.globalimecapital.com/

3. बलेफी हाइड्रोपावरकाे वेभसाइट https://balephihydro.com/

4. मेराे सेयरकाे वेभसाइट  https://iporesult.cdsc.com.np/ 

वि.सं.२०७८ चैत २९ मंगलवार १०:५६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...