back
NMB ad

सिमेक्सद्वारा फ्लिट अपरेशनको लागि बी.वाई.डी ई–सिक्स गाडीहरु प्रदान

Kumari bank ad

काठमाडौं । विद्युतीय गाडी बी.वाई.डीले नेपालमा पहिलोपटक ‘सेल्फ ड्राइभ’को अवधारणा ल्याएको छ । बी.वाई.डी गाडीको नेपालको आधिकारिक वितरक सिमेक्स ईन्क प्रा.ली.ले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राईभ प्रा.ली.लाई ५० वटा ई–सिक्स विद्युतीय गाडीहरु बिक्रि गरेको सिमेक्स ईन्क. प्रा.ली.का सिईओ शाहिल श्रेष्ठले बताए । सिमेक्सले फ्लिट अपरेशनको लागि दक्षिण एशियामा एकल सबैभन्दा ठूलो मात्रामा विद्युतीय गाडीहरु प्रदान गरेको हो ।

उनले काठमाडौंमा वातावरणमा प्रदुषण बढिरहेको अवस्था उल्लेख गर्दै बी.वाई.डीका विद्युतीय गाडीको प्रयोगले प्रदुषणरहित वातावरण निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले बजारमा ल्याइएका दुई गाडीमध्ये एक पटक फुल चार्ज गरे एउटाले ५२२ र अर्कोले ४०० किलोमिटर गुड्नसक्ने जानकारी दिए ।

बी.वाई.डीका गाडीमा संसारको सबैभन्दा सेफ ब्याट्री प्रयोग गरिएको उनको दाबी छ । श्रेष्ठले स्पार्क अटो केयर रहेको स्थानमा नै बी.वाई.डीको स्टेट अफ आर्ट सर्भिस एण्ड ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याउने जनाए ।

उनले यी गाडीहरुमा बी.वाई.डी आँफैले उत्पादन गर्ने बी.वाई.डी ब्लेड ब्याट्री प्रयोग गर्ने गरेको र जसमा रिप्लेसमेन्ट ग्यारेन्टी ८ वर्षको हुने जनाए । उनले भने,‘त्यसपछि पनि ब्याट्री क्यापेसिटी ६० प्रतिशत रहन्छ ।’

‘गाडी फास्ट चार्जमा ४५ मिनेटमा फुल चार्ज हुन्छ तर, घरमा चार्ज गर्दा ६ देखि सात घण्टा लाग्छ,’–सेल्फ ड्राईभका सिईओ रोशन पोखरेलले भने । पहिलो चरणमा ‘सेल्फ ड्राइभ’को अवधारणाअन्तर्गत बी.वाई.डि का विद्युतीय गाडीहरु प्रिमियम रेञ्जमा ल्याइएको स्पार्क अटो केयरले बताएको छ ।

नेपालमा रहेका अन्य विद्युतीय गाडीको तुलनामा सबै हिसाबमा बी.वाई.डि का गाडी उत्तम रहेको सेल्फ ड्राईभका सिईओ पोखरेलको दाबी छ । ‘क्लियरेन्स र कम्फरटेवलको हिसाबले यी गाडीहरु अझ राम्रा र उत्कृष्ट छन्, अहिले नेपालमा रहेका विद्युतीय गाडीको सेग्मेन्टमा सबैभन्दा राम्रो छ,’–पोखरेलले भने ।

कम्पनीका अनुसार नेपालमा यो नयाँ प्रयोग हो । ‘हाम्रो गाडी तपाईँको आवश्यकता अनुसार रेन्टमा लिन सक्नुहुन्छ’, उनले भने । तत्काल ५० वटा गाडी बजारमा ल्याएको कम्पनीले विस्तारै सेवा बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले आम जनताको लागि एप्लिकेशन र अनलाईनको माध्यमबाट सम्र्पक गर्न सकिने पनि जनाएको छ । यस्तै, सन् २०२५ सम्म काठमाडौंमा शतप्रतिशत विद्युती गाडीको प्रयोग देख्न सकिने अवस्थामा पुर्याउने पनि कम्पनीले लक्ष्य राखेको छ ।

सेल्फ ड्राईभका सिईओ रोशन पोखरेलले बी.वाई.डीको ई–६ मोडेलको कारले यात्रुहरुको लागि आवश्यक सबै मापदण्ड पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘बी.वाई.डीको ई–६ ले सबै मापदण्ड पूरा गर्नेछ, यो छिटो चार्ज हुन्छ । आरामदायी पनि छ ।’

बि.वाई.डी ई–६ सन् २०१६ मा चीनमा सबैभन्दा बढि विक्रि भएको र सन् २०१५ मा हभाना ईन्टरनेश्नल फेयरमा ‘बेष्ट क्वालिटी प्रोडक्ट’ को गोल्डेन मेडल प्राप्त गर्न सफल गाडी हो ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १०:५८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...