back
NMB ad

आइपीओ जारी गर्ने प्रस्ताव सहित महालक्ष्मी लाइफ इन्सुरेन्सले बोलायो साधारणसभा

Kumari bank ad

काठमाडौं । महालक्ष्मी लाइफ इन्सुरेन्सले वैशाख २५ गते विशेष साधारण सभा बोलाएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । नियामक बिमा समितिले जीवन बिमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था गरेपछि सोही अनुसार पुँजी वृद्धि प्रस्ताव राखिएको हो ।

अब सोही पुँजीलाई आधार मानेर आइपीओ पनि जारी गर्नुपर्ने हुन्छ । तसर्थ, सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । यस्तै, कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । सभा, होटल हुकुम दरवार कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

यस महालक्ष्मीले लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ११:३१ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...