back
NMB ad

अन्न उत्पादन हुन छोडेपछि खेतको माटो बेच्दै किसान

Kumari bank ad

भजनी । कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उहाँसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षात्मा काढा नदीको डुबान र बाढीका कारण धानखेती गर्न मात्रै हुन्छ त्यसबाट आम्दानी लिन कर्णेलसिंहले लिन सक्नुभएको छैन ।

कर्णेलसिंहलाई परिवार पाल्नका लागि त्यहीँ तीन बिघा जग्गा नै प्रमुख आधार हो । डेढ दशक पहिले कर्णेलसिंहले त्यहीँ खेतबाट मनग्ये आम्दानी गर्दै आउनुभएको थियो । उहाँले त्यसैबाट उत्पादन भएको अन्नले परिवार पाल्नुहुन्थ्यो भने, आर्थिक जोहोको माध्यम पनि त्यहीँ खेत थियो । अहिले त्यहीँ खेतमा कुनै अन्न उत्पादन नभएपछि उहाँले त्यो क्षेत्रबाट माटो बेचेर आर्थिक जोहो चलाउन थाल्नुभएको छ ।

कान्द्रा नदीको किनारमा रहेको खेतमा वर्षेनी नदीको बाढीका कारण वर्षात्मा खेत नै बगर बन्ने गरेको छ । अहिले खेतमा अन्न उब्जाउन नसकिने भएपछि परिवारको जोहो चलाउनकै लागि कर्णेलसिंहले खेतको माटो बेच्नुपर्ने बाध्यता आएको हो । “जग्गा छैन भनौँ भने तीन बिघा छ, उत्पादनका क्षेत्रमा अहिलेसम्म कुनै फाइदा लिन सकेको छैन”, कर्णेलसिंहले भन्नुभयो, “कुनै बेला आफूलाई चाहिने खाद्यान्न उत्पादन गरेर त्यहीँबाट घरको आर्थिक जोहोसमेत गर्न सकिन्थ्यो, अहिले नदीको कटान र डुबानले खेत नै रहन्छ कि रहँदैन भन्ने चिन्ता छ ।”

कर्णेलसिंहले तीन बिघा खेतबाट रु ५०० का दरले २३० टिपर माटो बिक्री गर्नुभएको छ । त्यसबाट उहाँले रु एक लाख १५ हजार आम्दानी गर्नुभएको छ । उहाँलाई घरको आर्थिक जोहो टार्नका लागि नै खेतको माटो बिक्री गर्नुपरेको हो । “कोरोनाका कारण अन्य सबै आर्थिक स्रोत गुमे, अरुबाट ल्याएको ऋण तिर्नका लागि पनि खेतको माटो बिक्री गर्नुप¥र्यो”, कर्णेलसिंहले भन्नुभयो

त्यस क्षेत्रमा माटो बेच्नेमा कर्णेलसिंह एक उदाहरण मात्रै हुनुहुन्छ । हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ सत्तीदेखि धनगढीसम्म निर्माण हुँदै आएको सडकका लागि निर्माण कम्पनीले किसानको खेतबाट माटो उठाउन थालेपछि अधिकांश किसानले नदीको किनारसँग जोडिएका खेतको माटो बिक्री गर्न बाध्य भएका छन् । थोरै भए पनि आम्दानी हुने र त्यसैबाट खाद्यान्नको जोहो गर्न थालेको भजनी–५ का विमलबहादुर साउद बताउनुहुन्छ ।

“माटो बिक्री गर्ने रहर थिएन, खेतबाट खाद्यान्न उत्पादन नभएपछि खानका लागि खेतमा भएको माटो बिक्री गर्नुको विकल्प हामीसँग रहेन”, विमलले भन्नुभयो, “अहिले त्यहीँ माटो बेचेर वर्षभरिका लागि खान चाहिने गहुँ खरिद गरेको छु, रहरभन्दा बाध्यताले बनेको खेतलाई कुरुप बनाएर आफ्नो आवश्यकता पूरा गर्नुको विकल्प हामीसँग छैन ।”

भजनी नगरपालिका चार नदीको बीच भागमा रहेकाले पनि बाढी र डुबानको समस्याका कारण भजनीका स्थानीय आजित बनेका छन् । विशेषगरी काढा, कन्द्रा, मोहना र पथरैया नदीको जोखिमका कारण स्थानीय वर्षात्का समयमा नदीका कारण हुने डुबान र कटानले वर्षेनी विस्थापित हुँदै आएका छन् । निर्वाचनका समयमा नदीको तटबन्ध निर्माण गर्ने एजेन्डा प्रत्येक राजनीतिक राजनीतिक दलले उठाउँदै आएको भए पनि त्यसको कार्यान्वयन कसैले नगरेको जनाउँदै भजनी–३ का सर्जन साउदले यसपटक भने एजेन्डा नभई काम गर्नसक्ने क्षमता भएको व्यक्तिलाई मतदान गर्ने बताउनुभयो ।

हुलाकी सडकको काम माटोको अभावमा रोकिएको भए पनि अहिले किसानले खेतबाट माटो उत्खनन गर्न दिएपछि कामसमेत सञ्चालन भएको छ । नदी किनारबाट माटो उत्खननको काम बन्द भएको र स्थानीय तहले सहजरूपमा माटो उत्खनन गर्न नदिएपछि सडकको काम रोकिएको हो । माटोको अभाव हुन थालेपछि सडक निर्माणको काम समयमै सम्पन्न गर्न नसकिने निर्माण कम्पनीले बताउँदै आएका छन् ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १३:२४ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...