back
NMB ad

राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर ल्याउँदै !

Kumari bank ad

काठमाडौं । राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर जारी गर्दै छ । ४ लाख १० हजार कित्ता शेयर स्थानीय प्रभावीत बासिन्दाका लागि र ६ लाख १५ हजार कित्ता शेयर सर्वसाधरणको लागि जारी गर्ने भएको हो ।

कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ४ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्वन्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल  लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत शेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ ।

१८ करोड ६९ लाख लागत अनुमान गरिएको दोर्दी १ आयोजना ७५ प्रतिशत कर्जा र २५ प्रतिशत शेयर लगानीबाट निर्माण गरिने योजना रहेको छ । त्यस्तै १८ करोड ७० लाख लागत अनुमान गरिएको खारे आयोजना ७० प्रतिशत कर्जा र ३० प्रतिशत शेयर लगानीबाट निर्माण गरिने भएको हो ।

प्रकाशितः २०७३ साउन ३

वि.सं.२०७३ साउन ३ सोमवार १३:११ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...