back
NMB ad

नेप्सेमा थप ६ कम्पनीको १ करोड ११ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । वैशाख महिनाको दोस्रो सातासम्म थप ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा वैशाख महिनाको दोस्रो सातासम्ममा ६ कम्पनीको १ करोड ११ लाख २ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा लाइर्फ इन्स्योरेन्स बुधवार कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले २० प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत गराएको हो ।

अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

यस्तै, उक्त अवधिमा छिमेक लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये छिमेक लघुवित्तका् २७ प्रतिशत बोनस सेयर बापतको ४९ लाख ४१ हजार कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ७.७० प्रतिशत बोनस सेयर बापतको ६ लाख ४५ हजार ४०१ कित्ता, मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर बापतको २ लाख ५ हजार ९५५ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको हो ।

त्यसैगरि, उक्त अवधिमा कालिका लघुवित्तको १३ प्रतिशत बोनस सेयर वापतको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता र उन्नती सहकार्य लघुवित्तको ३० प्रतिशत बोनस सेयर वापतको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:५५ मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...