back
NMB ad

१९.८६ %ले बढ्यो आँधिखोला लघुवित्तको नाफा : अधिकांश सुचकमा सुधार, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ३ करोड ४८ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा १९.८६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९० लाख ५९ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको नौ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ७.४६ प्रतिशतले वृद्धि भई ५ करोड ९९ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको यो आम्दानी ५ करोड ५७ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीले ४ करोड ४७ लाख ८० हजार रुपैयाँ संचालन मुनाफा गरेको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा १८.३१ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीको यो मुनाफा ३ करोड ७८ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९ करोड ५५ लाख ४८ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि ०.९३ प्रतिशतले घटाएर ३.४६ प्रतिशतमा झारेको छ । गत वर्षको तेस्रो त्रैमासमा भने कम्पनीको यो कर्जा ४.३९ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ७० पैसाले वृद्धि भई ४६ रुपैयाँ ४४ पैसा कायम भएको भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५५ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार ११:२१ मा प्रकाशित

You can share this post!

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...