back
NMB ad

निर्वाचन आचारसंहिता पालनालाई सर्वपक्षीय बैठक

Kumari bank ad

काठमाडौं । स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हनमा सर्वपक्षीय बैठक आज हेटौँडामा सम्पन्न भएको छ । बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको सम्बन्धमा परेको उजुरी माथि सरोकारवालाबीच छलफल भएको थियो । बैठकमा सहभागी सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आचारसंहिता विपरीत झण्डा, ब्यानर बोकेर लाउडस्पिकरबाट गीत प्रचारप्रसार सामग्री बजाउँदै हिँडेको पाइएकाले कारबाहीको माग गरिएको छ । बैठकमा सहभागी नेपाल विवेकशील पार्टीका हेटौँडा १७ नम्बरका वडाध्यक्षका उम्मेदवार कृष्णदेव भण्डारीले ठूला दलले नै आचारसंहिता विपरीत काम गरेको आरोप लगाउनुभयो ।

शिक्षक तथा कर्मचारीले आचारसंहिताको बेवस्ता गरी प्रचारप्रसार गरी हिँडेको र सामाजिक सञ्जालमा उम्मेदवारको पक्षमा भोट माग्ने गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेको उजुरी परेकाले प्रमाणका आधारमा विभागीय कारबाही अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुयो । यसैबीच मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकरी दिनुभयो । उनीहरुको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारवहीका लागि पठाइने उहाँले भन्नुभयो ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...