back
NMB ad

नेपाल हाइड्रो डेभलोपरको नाफा १५४.६५% ले बढ्यो, विद्युत बिक्री आम्दानी पनि वृद्धि (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा पौन ३ करोड नाफा कमाएको छ ।

बुधवार कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीले २ करोड ८६ लाख ९९ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १२ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी वृद्धि भएसंगै नाफा बढेको हो ।

चालु आवको नौ महिनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २५.३६ प्रतिशतले बढेर ७ करोड ५६ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको यो आम्दानी ६ करोड ३ लाख ७५ हजार रुपैयाँ मात्र रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ करोड ७८ लाख ९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ९५ पैसा पुगेको छ । गत वर्षको चैत मसान्तसम्म भने कम्पनीको यो आम्दानी ५ रुपैयाँ २ पैसा रहेको थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ५७ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...