back
NMB ad

जीवन विकास लघुवित्तले कमायो ५७ करोड नाफा, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा साढे ५७ करोड बढी नाफा कमाएको छ ।

बुधवार प्रकाशित चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ नाफा गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलामा भने भने २.४२ प्रतिशतले मात्र बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यो आम्दानी गत वर्षको सोही अवधिमा भने १ अर्ब २५ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा २९ करोड २९ लाख १५ हजार रुपैयाँ संचालन मुनाफा गरेकोमा यस वर्ष भने ७१.६२ प्रतिशतले बढाएको छ । योसंगै कम्पनीको संचालन मुनाफा ६० करोड २६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीले २७ करोड ८६ लाख ३६ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ । तर, गत वर्षको तेस्रो त्रैमासको तुलानामा भने कम्पनीको खराब कर्जा संकलन ५१ प्रतिशतले घटेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीे जगेडा तथा कोषमा भने १ अर्ब ३३ करोड ७१ लाख ६ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि झिनो वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्मा ०.६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्षको सोही अवधिमा भने बढेर ०.८३ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ८९ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १२:३१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...