back
NMB ad

भोलि तीन कम्पनीको विशेष तथा साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डाहरु ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात बैशाख २३ गते विभिन्न तीन कम्पनीको विशेष तथा साधारण सभा हुँदैछ ।

उक्त दिन युनियन लाइफ इन्स्योरेन्स, युनियन हाइड्रोपावर र श्री रघुपति जुट मिल्सले सभा आयोजना गरेका हुन् ।

यीमध्ये युनियन लाईफ इन्स्योरेन्स र रघुपति जुट मिल्स साधारण सभा रहेको छ भने युनियन हाइड्रोपावरले विशेष सभा बोलाएको हो ।

भोलि अर्थात बैशाख २३ गते युनियन लाईफ इन्स्योरेन्स कम्पनीले सभा टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ ।

कम्पनीको सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण हुने छ ।

यसका साथै कम्पनीले कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने/गाभिने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेको थियो । जसअनुसार वैशाख १२ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

सभाको विशेष प्रस्ताव अन्तर्गत सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

यस्तै, युनियन हाइड्रोपावर कम्पनीको विशेष साधारण सभा पनि भोलि हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धोबीघाट, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्रको दफामा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । सभाले कम्पनीको प्रबन्धकको दफा ६ (क) र (ख) मा संशोधन गर्नेछ ।

साथै सभामा संचालक विष्णु प्रसाद पाण्डेको राजिनामा स्वीकृत तथा नयाँ संचालक नियुक्त गर्ने कार्य सूचि रहेको छ ।

कम्पनीले कोभिड–१९ को संक्रमणको जोखि अन्त्य नभइसकेको अवस्थालाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट बस्ने गरी सभा बोलाएको हो ।

त्यसैगरि श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा पनि भोलि अर्थात बैशाख २३ गते हुने भएको छ ।

सभा सावित्री इन्टरनेशनल (बिग होटल) को सभाकक्ष रोडशेष, विराटनगरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने लगायतका विविध विषयमा छलफल गरी पारित गर्नेछ ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १६:२४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...