back
NMB ad

विन नेपाल लघुवित्तले डाक्यो साधारण सभा: एफपीओ निष्काशन र लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो जेठ ३१ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको हो ।

एफपीओ निष्काशन तथा लाभांश प्रस्ताव पारित गर्न डाकेको कम्पनीको सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे शुरु हुनेछ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको ९.३३ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लािग ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न प्रबन्धपत्र संशोधन गर्नेछ ।

यसका साथै अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ४ र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...